नेभिगेशन
समाज

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अङ्कको गिरावट आएको छ । परिसूचक बुधबार पाँच दशमलव १७ अङ्कले घटेर दुई हजार ५६६ दशमलव १६ को बिन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

बुधबारको कारोबारमा होटल तथा पर्यटन समूह दुई दशमलव १५, जलविद्युत् शून्य दशमलव शून्य एक, लघुवित्त शून्य दशमलव १३ र व्यापार समूह दुई प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३४, विकास बैंक शून्य दशमलव ९१, वित्त शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, जीवन बिमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २८, म्युचुअल फण्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रु २३ करोड ६५ लाख २९ हजार १४३ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु बैंक लिमिटेडको छ लाख १४ हजार ५९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...
विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ...
भोटेकोशी बाढी : टिचिङ अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

भोटेकोशी बाढी : टिचिङ अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।
भोटेकोशी बाढी : एक हजार २९४ शव फेला, पाँच हजार ५३ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : एक हजार २९४ शव फेला, पाँच हजार ५३ अझै सम्पर्कविहीन

रसुवास्थित भोटेकोशी नदीमा यही  भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार २९४ जनाको शव फेला परेको छ भने पाँच हजार ५३ जना अझै सम्पर्कविहीन रहेका छन्...

भर्खरै