नेभिगेशन
सबै कुरा

रुस युक्रेन युद्धमा चार नेपाली मारिए

काठमाडौँ । युक्रेन–रुस युद्धमा चार नेपालीले ज्यान गुमाएका छन् । रुसी सेनामा  भर्ती भएका उनिहरु युक्रेनसँगको लडाइँमा मारिएको मस्कोस्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार मृत्यु  हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुतावासका अनुसार रुसी सेनाकारुपमा युक्रेनमा पुगेका रोक्का, मोक्तान र कार्कीको कात्तिक २९ गते मारिएका हुन् । थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पुगेका थिए । त्यसको एक महिनामै उनि मारिए । रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो । 

Ncell
Extreme Energy

अन्य तीन जनाको शब पनि नेपाल ल्याउन समस्या हुने देखिएको छ । उनिहरु बाहेक रुस युक्रेन युद्धमा मारिने नेपालीहरुको संख्या बढ्न सक्ने दुतावासका अधिकारीहरु बताउँछन् । सिधाकुराको सम्पर्कमा आएका दुतावासका एक अधिकारले भने, धेरै नेपाली भ्रमण भिषामा आएर रुसी सैनिकमा भर्ती भएका छन्, त्यसकोा विवरण दुतावाससँग छैन, आधिकारीकरुपमा ४ जनाको विवराण प्राप्त भएपनि थप नेपालीको समेत ज्यान गएका  सूचना दुतावासलाई प्राप्त भएको छ । 

२०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । उसले ६ महिनाअघि मात्रै सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।