नेभिगेशन
समाज

नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ दशमलव ५१ को कारोबार भएको छ ।

Ncell
Extreme Energy

आइतबार व्यापार समूह एक दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव १७ र जीवन बिमा समूह चार दशमलव ३५ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव २९, विकास बैंक शून्य दशमलव ९०, होटल तथा पर्यटन एक दशमलव २०, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९६, लघुवित्त एक दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा एक दशमलव ३३ र अन्य समूह एक दशमलव २३ प्रतिशतले बढेको छ ।

आइतबारको कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७६ प्रतिशतले घटेको छ ।

कारोबार रमक र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आइतबार सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर रु एक अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ बराबरको एक करोड ४० लाख छ हजार २१७ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।