नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो ।

आइतबार ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ दशमलव ५१ को कारोबार भएको छ ।

CG

आइतबार व्यापार समूह एक दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव १७ र जीवन बिमा समूह चार दशमलव ३५ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव २९, विकास बैंक शून्य दशमलव ९०, होटल तथा पर्यटन एक दशमलव २०, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९६, लघुवित्त एक दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा एक दशमलव ३३ र अन्य समूह एक दशमलव २३ प्रतिशतले बढेको छ ।

आइतबारको कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७६ प्रतिशतले घटेको छ ।

कारोबार रमक र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आइतबार सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर रु एक अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ बराबरको एक करोड ४० लाख छ हजार २१७ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
एकैदिन ५ हजार ५ सयले बढ्यो सुनको मूल्य, पुग्यो तोलाकै २ लाख ६७ हजार २०० सय

एकैदिन ५ हजार ५ सयले बढ्यो सुनको मूल्य, पुग्यो तोलाकै २ लाख ६७ हजार २०० सय

आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ ।
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ...