नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । मंगलबार नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।

मंगलबार ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

CG

मंगलबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ६६, विकास बैङ्क एक दशमलव ४७, वित्त दुई दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव २१ र लगानी समूह शून्य दशमलव ८७ प्रतिशतले घटेको छ । 

त्यसैगरी जीवन बीमा एक दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त शून्य दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा एक दशमलव २१, व्यापार शून्य दशमलव ११ र अन्य समूह एक दशमलव ८१ प्रतिशतले घटेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको मंगलबार सबैभन्दा धेरै रु २७ करोड ९८ हजार ५७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको छ लाख ९९९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ...
निर्वाचन ७२ दिन बाँकीः यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

निर्वाचन ७२ दिन बाँकीः यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको...
रवि-बालेन ५ घण्टा ‘वान टु वान’ वार्तामा के-के भयाे कुराकानी ? (भिडियो)

रवि-बालेन ५ घण्टा ‘वान टु वान’ वार्तामा के-के भयाे कुराकानी ? (भिडियो)

सुरुवातमा रवि र बालेन बिच व्यक्तिगत कुराकानी भएका थिए । केही दिन अघि मात्रै बाबु गुमाए बालेन र २ सय ६० दिन कारागार बसेर निस्किएका रविबिच भावनात्मक कुराहरू  ...