नेभिगेशन
समाज

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । मंगलबार नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

मंगलबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ६६, विकास बैङ्क एक दशमलव ४७, वित्त दुई दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव २१ र लगानी समूह शून्य दशमलव ८७ प्रतिशतले घटेको छ । 

त्यसैगरी जीवन बीमा एक दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त शून्य दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा एक दशमलव २१, व्यापार शून्य दशमलव ११ र अन्य समूह एक दशमलव ८१ प्रतिशतले घटेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको मंगलबार सबैभन्दा धेरै रु २७ करोड ९८ हजार ५७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको छ लाख ९९९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी र राष्ट्रिय शोकका कारण रोकिएका पार्टीका गतिविधि र अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीमा परी बेपत्ता भएका तर, आशा मारिसकेका व्यक्तिहरुको मृत्यु दर्ता प्रमाणपत्र दिने कानुनी प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।