नेभिगेशन
समाज

वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

काठमाडौँ । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजि अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन ।

Ncell
Extreme Energy

उनले अझै पनि अस्पतालमा आउने विरामीहरुको केहि गुनासो देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन दिइन । अस्पतालमा उपचारका लागि आवश्यक सामान समयमा नै खरिद गर्न उनले ध्यानाकर्षण गराएकी छन् ।

मन्त्री गौतमले दरवन्दीको समस्या समेत समाधान गरिने उल्लेख गरेकी हुन । त्यस्तै, सो क्रममा वीर अस्पतालका अधिकारीहरुले शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको, आइसियु र एचडियुमा ११० वेडको व्यवस्था गरिएको जानकारी गराएका थिए ।

उनीहरुले अझै पनि अस्पतालमा जनशक्तिको अभाव भएको गुनासो गरेका थिए । स्वास्थ्यमन्त्री शर्माले बीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिदै केहि बिरामीका गुनासा पनि सुनेकी थिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।

भर्खरै