नेभिगेशन
मुख्य समाचार

टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ, तर प्रचार कम हुँदा ओझेलमा

कैलाली जिल्लाको टीकापुरमा वि.सं. २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न र हेर्नलायक धेरै कुरा छन् । पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान, वीरेन्द्र विश्राम वाटिका लगायतका संरचना छन् । त्यसबेलाका राजाहरु यहाँ आएर बसेका कारण उनीहरुकै नाममा संरचना बनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Tikapur-Park_Kalilai_SIDHAKURA9-1763367421.jpg

टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक महिना बसेर स्वास्थ्य लाभ गरेका थिए । राजालाई आराम गर्नको लागि रातारात काठको घर बनाइएकव थियो । त्यही घर महेन्द्र आरोग्य गृह हो । राजा महेन्द्रले त्यसबेला टीकापुरबाटै राजकाज चलाएका थिए । पछि राजा वीरेन्द्रका लागि पनि वीरेन्द्र विश्राम बाटिका बनाइयो ।

Ncell
Extreme Energy

Tikapur-Park_Kalilai_SIDHAKURA11-1763367422.jpg


२०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टीकापुर विकास समिति स्थापना भयो । समितिलाई १ सय ७३ बिघासहित सहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो । पार्क अहिले ८५ बिघामा फैलिएको छ । जसमध्ये बंगला क्षेत्र, नर्सरी र बगैंचाले करिब १३ बिघा ओगटेको छ ।

पार्कमा रहेका गुलाब र पार्कसँगैको कर्णाली नदीले पनि पर्यटकलाई लोभ्याइरहेको छ । कर्णाली किनारमा अवस्थित गुलाबको बगैंचाका रुपमा परिचित टीकापुर पार्कमा वनभोज खानेहरुको पनि भिड लाग्छ । यो पार्कको नौ बिगाहा क्षेत्रफलमा फलफूल र फूलको बगैँचा छ ।

Tikapur-Park_Kalilai_SIDHAKURA14-1763367423.jpg


पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाटमा पुल निर्माण भएको छ । बर्दिया सदरमुकाम गुलरियाबाट ३८ किलोमिटर पश्चिममा राजापुर र सतिघाट जोड्ने पुल पर्दछ । यो पुल सन्चालन भएपछि टीकापुर पुग्ने पर्यटक उल्लेख्य बढ्ने अपेक्षा गरिएको थियो । तर त्यस अनुसार बढ्न सकेका छैनन् ।

Tikapur-Park_Kalilai_SIDHAKURA4-1763367419.jpg


टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो। यहाँ घुम्नका लागि अनेक संरचना छन् । तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन् । यसका लागि प्रभावकारी प्रचारप्रसार हुन नसकेको स्थानीय सरोकारवालाको बुझाइ छ ।

Tikapur-Park_Kalilai_SIDHAKURA6-1763367420.jpg
तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...