नेभिगेशन
समाज

आज पनि अशान्त सिमरा, प्रशासनले लगायो कर्फ्यु

बारा । बाराको सिमरामा आज विहानैदेखि प्रदर्शन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायत मधेश जागरण सभाका लागी आउन लागेको बेला जेन जी यूवाहरुले विरोध जनाउन लाग्दा एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका थिए । सोही विषयलाई लिएर आज कुटपिट गर्ने एमाले कार्यकर्ताहरुलाई पक्राउ गरी कार्वाही प्रकृया अगाडि नबढाएको भन्दै विरोध प्रदर्शन गरेको हो । 

Ncell
Extreme Energy

आफूहरुमाथी कुटपिट गर्नेलाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले सिमरामा विरोध सुरु गरेका थिए। जेन जी यूवाहरुको भिड बढ्दै जाँदा अहिले उक्त क्षेत्रमा कार्फ्यु लगाईएको छ । 

बारा प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म सिमरा–जीतपुर सडकखण्ड र सिमरा विमानस्थलको पाँच सय मिटर वरपरको क्षेत्रमा कर्फ्यु लगाएको हो । 

केहीबेरअघि प्रहरी र प्रदर्शनकारी विच ढुंगामुडा समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा हवाई फायर समेत गरेको छ । 

SIMARA-_BARA-1763629843.jpg

SIMARA-_BARA-3-1763629841.jpg

SIMARA-_BARA-1-1763629841.jpg

SIMARA-_BARA-2-1763629815.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...