नेभिगेशन
समाज

नेप्से परिसूचकमा सामान्य अङ्कले बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो ।

Ncell
Extreme Energy

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अङ्कले बढेर ४५७ दशमलव ५३ अङ्कमा पुगेको छ । मङ्गलबार बजारमा नेप्से परिसूचक सामान्य बढेपनी कारोबार रकम भने घटेको छ ।

मंगलबार कूल ३१९ कम्पनीका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर रु पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा खरिद बिक्री भएको छ । सोमबार कुल रु सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार मंगलबार कारोबार भएकामध्ये विकास बैङ्क, जीवन बिमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटेका छन् । त्यस बाहेकका अरु उपसूचक भने बढेका छन् । जसमा सबैभन्दा धेरै होटल तथा पर्यटनको उपसूचक एक दशमलव ४१ प्रतिशतले बढेको छ ।

मंगलबार बन्दीपुर केवलकारको शेयर रु २६ करोड ९९ लाख ९७ हजार ६४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । झापा इनर्जी लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतले वृद्धी भइ सकारात्मक सर्किट लाग्यो ।

त्यस्तै सागर डिस्टिलरी लिमिटेड र श्रीनगर एग्रोटेक इन्ड्रष्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् । मंगलबारको कारोबारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको लगानीकर्ताले शेयरमूल्यमा चार दशमलव ९६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिडियाका दैला ढाकेर गाडी– अराजकतालाई प्रश्रय ?

मिडियाका दैला ढाकेर गाडी– अराजकतालाई प्रश्रय ?

सोमबार एकाबिहानै तीन वटा मिडिया हाउस कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइन खबरको मुलगेटमा शंकास्पद तरिकाले पार्किङ गरेको भेटिए । घण्टौंसम्म प्रतीक्षा गर्दा पनि ती गाडी लिन कोही आएनन्...
नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द

प्रशासनले काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाडौँतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको छ। लगातारको वर्षा र पहिरोका कारण सडक खुलाउने...
सुकुम्वासी होल्डिङ सेन्टरका विद्यार्थीसँग शिक्षामन्त्री, भर्ना सहजता देखि स्कुल बस व्यवस्थापन गर्ने

सुकुम्वासी होल्डिङ सेन्टरका विद्यार्थीसँग शिक्षामन्त्री, भर्ना सहजता देखि स्कुल बस व्यवस्थापन गर्ने

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज दुबै होल्डिङ सेन्टर पुगेर विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरे । विद्यार्थीका लागि शैक्षिक सामग्री तथा  ...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।