नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव शून्य तीन बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ३९ प्रतिशतको वृद्धि हो ।

बिहीबार ३३३ कम्पनीको एक करोड ४६ लाख ९३र हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा रु छ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ दशमलव ४७ को कारोबार भएको नेप्सेले जनाएको छ । बिहीबार १३१ कम्पनीको मूल्य बढ्दा १२१ को खटेको छ भने छ कम्पनी स्थिर छन् ।

CG

बिहीबार सागर डिष्ट्रिलरी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबारमा हिमस्टार उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी सात दशमलव ७८ प्रतिशतले गुमाएका छन् । आज व्यापार समूह शून्य दशमलव १४, वित्त शून्य दशमलव ३८, माइक्रोफाइनान्स शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २६ र अन्य शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेका छन् ।

साथै बैंकिङ समूह एक दशमलव ४९, होटल तथा पर्यटन शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव १७, लगानी शून्य दशमलव ८३, जीवन बिमा शून्य दशमलव १४, निर्जीवन बिमा शून्य दशमलव १० र हाइड्रोपावर शून्य दशमलव शून्य एक प्रतिशतले बढेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीको आह्वान

सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीको आह्वान

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले निजी सञ्चार माध्यममा समेत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न आह्वान गरेका हुन । कानूनमा नै औपचारिक क्षेत्र सामाजिक सुरक्षाको...
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख कृष्णबहादुर महरा(तस्बिरहरु)

२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख कृष्णबहादुर महरा(तस्बिरहरु)

सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको २० लाख धरौटी बुझाएर रिहा भएका छन् ।
एनपिएलः पोखराद्वारा जनकपुर सामु १५६ रनको लक्ष्य

एनपिएलः पोखराद्वारा जनकपुर सामु १५६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोडेको हो । व्याटिङ तर्फ पोखराका युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका...
सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद बालुवाटारमा जारी

सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद बालुवाटारमा जारी

प्रधानमन्त्री निवास बालुवाटर दुइपक्षबीच संवाद भैइरहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । दुइपक्षबीचको संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल...