नेभिगेशन
समाज

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक १३ दशमलव ५२ अङ्कले घटेर दुई हजार ६३१ दशमलव १७ को बिन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार ३३२ कम्पनीको एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता शेयर ६७ हजार ४८५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

बुधबारको कारोबारमा वित्त समूह एक दशमलव ५९, होटल तथा पर्यटन शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव २४ र म्युचुअल फण्ड उपसमूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७५, विकास बैंक शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ५१, जीवन बिमा एक दशमलव १८, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३२ र अन्य समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ ।

सागर डिस्टिलरी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य दुई दशमलव ८५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको रु १८ करोड ४९ लाख ७६ हजार ७६९ बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको तीन लाख ६४ हजार ४०६ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

इतरपक्षको महाधिवेशन तयारी समितिको आज चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पेश भएको हो ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।