नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक १३ दशमलव ५२ अङ्कले घटेर दुई हजार ६३१ दशमलव १७ को बिन्दुमा कायम भएको हो ।

बुधबार ३३२ कम्पनीको एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता शेयर ६७ हजार ४८५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

CG

बुधबारको कारोबारमा वित्त समूह एक दशमलव ५९, होटल तथा पर्यटन शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव २४ र म्युचुअल फण्ड उपसमूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७५, विकास बैंक शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ५१, जीवन बिमा एक दशमलव १८, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३२ र अन्य समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ ।

सागर डिस्टिलरी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य दुई दशमलव ८५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको रु १८ करोड ४९ लाख ७६ हजार ७६९ बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको तीन लाख ६४ हजार ४०६ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा

देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा

महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । बुधबार बिहानसम्म शव नआएकाले सञ्चालन भने हुन सकेको छैन ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दिए राजीनामा

मुख्यमन्त्री यादवले प्रदेशसभामा मन्तव्य राखिरहदा विपक्षी दलका सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए भने एमालेसहित सत्तापक्ष सांसदहरु मात्रै बैठकमा बसेका थिए । मुख्यमन्त्री यादवले एमालेसहित तीन दलका सांसदमात्रै बैठकमा...
प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर, जनही १३ करोड बिगो माग

प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, जनही १३ करोड बिगो माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी सहित थप ६ जनलाई पनि जनही १३ करोड ५७ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको  विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी...
एमालेले ओखलढुङ्गा र धनकुटाबाहेक सबैमा जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट टुङ्गियो

एमालेले ओखलढुङ्गा र धनकुटाबाहेक सबैमा जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट टुङ्गियो

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको  प्रतिनिधि छनोट सकिएको छ । उनले बाँकी रहेका दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि...