नेभिगेशन
समाज

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ । पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारोबारको दुवै दिन गिरावट देखिएको हो । आइतबार २१ दशमलव ४८ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६०६ दशमलव ६७ को बिन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ८३ हजार २७३ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबारको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १२, जीवन बिमा शून्य दशमलव ५०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, निर्जीवन बिमा शून्य दशमलव शून्य पाँच र व्यापार समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ ।

Ncell
Extreme Energy

अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ११, वित्त शून्य दशमलव ५७, होटल तथा पर्यटन शून्य दशमलव २३, लगानी शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव २९, म्युचुअल फण्ड शून्य दशमलव शून्य चार र अन्य समूह शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।

अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव १६ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५५ करोड ८६ लाख ६७ हजार ८७४ बराबरको १३ लाख ४८ हजार ८६१ कित्ता शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

रसुवा बाढीबाट प्रभावित माथिल्लो त्रिशूली ३ ए को टनेलको मुखमा पानी भरिएको छ । रातभर परेको अविरल वर्षाले खनेको ठाउँ पानीले भरिएपछि पम्पमार्फत पानी बाहिर फालिँदैछ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कृष्णभिरपछि परेवाभिरमा पनि बाढीका कारण सडक भासियो, कुन राजमार्गको अवस्था के ?

कृष्णभिरपछि परेवाभिरमा पनि बाढीका कारण सडक भासियो, कुन राजमार्गको अवस्था के ?

नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ ।
भोटेकोशी बाढीबारे विज्ञहरुले वनमन्त्री चौधरीलाई के सुझाव दिए ?

भोटेकोशी बाढीबारे विज्ञहरुले वनमन्त्री चौधरीलाई के सुझाव दिए ?

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको क्षतिलाई जलवायु संकटबारे विज्ञहरुसँग सुझाव लिएकी छिन् । मन्त्री चौधरीले मन्त्रालयमा जलवायुसाग सम्बन्धि...