नेभिगेशन
समाज

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा मंगलबार भने सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव ३९ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा खुम्चिएको छ ।

Marvel
Extreme Energy

मंगलबारको कारोबारमा बैंकिङ शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ०६, निर्जीवन बीमा शून्य दशमलव १७ र व्यापार समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक शून्य दशमलव ३१, वित्त शून्य दशमलव ४०, होटल तथा पर्यटन शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ८४, लगानी शून्य दशमलव १६ र जीवन बीमा शून्य दशमलव ८२ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव ८८ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ३१ करोड ९२ लाख छ हजार ७१३ बराबरको सात लाख ६८ हजार ६५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
१८ करोडको अडियोले कांग्रेसमा तरंग, पार्टी किनबेच भएको देउवाको टिप्पणी

१८ करोडको अडियोले कांग्रेसमा तरंग, पार्टी किनबेच भएको देउवाको टिप्पणी

गत पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो । निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्चले पनि सदर गरिदियो । विशेष महाधिवेशनबाट निर्वाचित...
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

शिवाकोटीले फेसबुकमा पनि माफी मागेर लेख्छु भनेपछि लिखित सहमति र माफीपछि छाडिएको साइबर ब्युरोले जनाएको छ। ‘सामाजिक सञ्जालमा रोशन खड्कालाई मात्रै होइन, अरूबारे पनि म भ्रामक कुरा लेख्दिनँ’,...
देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ।