नेभिगेशन
समाज

म थाकेँ, त्यसैले देश छाेड्ने निर्णयमा पुगेँ : उज्वल बिक्रम थापा

काठमाडाैँ । उज्वल विक्रम थापा उमेरले ६ दशक लाग्दैछन् । उनी नेपाली जलन उपचारको सहजताका लागि वकालत गर्ने एक उज्वल नक्षेत्र हुन् । जलन पीडामा जान र अन्जानमा परेका हजारौँ मानिसको जीवन बचाउन उनले आफूलाई समर्पित गरे । यो दौरान न आफ्नो निजी जीवन भने न त घर परिवार र आफन्त नै । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जलनका बिरामीको जीवन बचाउन, बाँचेकाहरूको पुनर्स्थापना देखि जलन उपचार सहज र सुलभ बनाउन उनले लामो सङ्घर्ष गरे । जलनलाई मुलुकको समस्या नै नठान्ने राजनीतिक सोचका वार्षिक झण्डै ५ हजार जलन पीडितहरू उपचारको पहुँचमा नभएको थापा बताउँछन् । 

Marvel
Extreme Energy

सरकारले पर्याप्त लगानी नगरेका कारण उपचार सम्भव भएर पनि मानिसहरूले मृत्युवरण गर्न परेका घटनाहरूले आफूलाई विक्षिप्‍त बनाउने थापा बताउँछन् । स्रोत साधनमा लगानी भएको भए यो मान्छे बाँच्छ भन्ने थाहा छ  । तर, छैन सरी भनेर उनीहरूको परिवारलाई बिदाई गर्न पर्दा म असाध्यै दुखी हुन्छु,’ थापा भन्छन्, ‘यो भन्दा पीडादायी क्षण अरु के हुनसक्छ ?’ 

आगो र जलनसँग सजग रहनुपर्छ भनेर लामो समय वकालत गरेको तर अहिले देशमा आगोलाई मुख्य राजनीतिक हतियार बनाइएकोमा उनको गम्भिर असहमति छ ।  अब, देशमा आगोमा पारिएका र परेकोको लागि भन्दा पनि आगो लगाउने कामले प्रोत्साहन पाएको भन्दै उनी यसलाई कुनै सफलता वा अन्त्य नभई आगो लगाउन सुरुआत भएको भन्छन् । 

आगो लगाएकाको जीवन बचाउने, बाँचेकाको जीवन पुनर्स्थापना गर्ने, पीडित परिवार र उनीहरूको आश्रितका लागि जीवन चलाउन दिन रात नभनी मेहनत गर्ने उनै उज्वल अब देशमा आगो लाग्न सुरु भएको घटनाले बिचलित भएर आफूले देश छोड्ने निर्णय गरेको बताउँछन् । 

एसिड आक्रमण जस्तो जघन्य अपराध विरुद्ध सरकारले फास्ट ट्रयाकमा कडा कानुन ल्याउन लड्ने, जलन उपचारका लागि सरकारलाई बजेट बढाउन लगाउने, जलन पीडित बिन्दवासिनी कंसाकारलाई रवि लामिछानेसँग मिलेर संसदमा लैजान प्रोत्साहन गर्ने थापा सम्भव त अब छिट्टै देश छाड्दैछन् । 

देश छोड्नुअघि उनै उज्वलसँग गरिएको जलन पीडा, नेपालको अवस्था, सरकार, जलन उपचारको अवस्था र चुनौतीहरूको लामो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...