नेभिगेशन
समाज

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।
 
मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने काम गरेका छौँ । यहाँ  व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्”, महानगर प्रमुख सिंहले भने ।  
 
यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढीले व्यापार गरिरहेका थिए । महानगर प्रमुख सिंहले अब करिब रु ७० करोड रकम खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताए । यहाँबाट हटाइएकाहरूका लागि छपकैयाँस्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको उनले जानकारी दिए ।  

Ncell
Extreme Energy

आज बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।

भर्खरै