नेभिगेशन
समाज

पत्रकार राजिव खत्री रास्वपा प्रवेश

काठमाडौँ । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । केही दिनअघि न्युज २४ टेलिभिजन छोडेका पत्रकार खत्री रास्वपा प्रवेश गरेका हुन् । 

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत न्युज २४ सँगको ८ वर्षको यात्रा टुंगिएको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘न्यूज २४ टेलिभिजनसँगको ८ वर्षको यात्रा टुंग्याएको छु । मलाई साथ, सहयोग, विश्वास र अवसर प्रदान गरिदिनुहुने सम्पूर्ण टेलिभिजन परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु । मैले जे राम्रो गरे सबैको साथ सहयोगले गरे अनि जे कम्जोरी रहे त्यो मेरा कारणले भए । तपाई दर्शकहरू प्रति विशेष आभार प्रकट गर्दछु, यो साथ र सहयोगका लागि ।’

CG

पत्रकार खत्रीले केही दिनअघि न्युज २४ छोडेका थिए । उनले न्युज २४ टेलिभिजनमा ‘टु द पोइन्ट’ नामक कार्यक्रम सञ्चालन गर्ने गर्दथे । 

पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले खत्रीको फोटो समावेश भएको पोस्टर सेयर गर्दै खत्रीलाई रास्वपामा स्वागत गरेका छन् । बोहराले लेखेका छन्, ‘प्रिय राजीवलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत छ ।’ 

पुस २ गते एक कार्यक्रमकाबीच उनी औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा एमालेको केन्द्रदेखि प्रदेश संरचना यस्तो रहने

नेकपा एमालेको केन्द्रदेखि प्रदेश संरचना यस्तो रहने

महाधिवेशन अन्तर्गतको बन्दसत्रले केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरि संरचना तय गरेको महाधिवेशन...
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व होः प्रधानमन्त्री कार्की

समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व होः प्रधानमन्त्री कार्की

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक आज उद्घाटन गर्दै उनले आदिवासी जनजातिहरूको पहिचान, अधिकार, संस्कृति र समग्र विकासका लागि प्रतिष्ठानले गर्दै आएको योगदान प्रशंसनीय रहेको...
सम्पूर्ण ध्यान निर्वाचन तर्फ केन्द्रित गर्न सरकारलाई राष्ट्रपति पौडेलको सुझाव

सम्पूर्ण ध्यान निर्वाचन तर्फ केन्द्रित गर्न सरकारलाई राष्ट्रपति पौडेलको सुझाव

राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका हुन । उनले आगामी चुनावलाई प्रभावित नुहने गरी...
एमाले महाधिवेशनको बन्दसत्र सुरु

एमाले महाधिवेशनको बन्दसत्र सुरु

बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरुलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गरेका थिए ।