नेभिगेशन
समाज

पत्रकार राजिव खत्री रास्वपा प्रवेश

काठमाडौँ । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । केही दिनअघि न्युज २४ टेलिभिजन छोडेका पत्रकार खत्री रास्वपा प्रवेश गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत न्युज २४ सँगको ८ वर्षको यात्रा टुंगिएको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘न्यूज २४ टेलिभिजनसँगको ८ वर्षको यात्रा टुंग्याएको छु । मलाई साथ, सहयोग, विश्वास र अवसर प्रदान गरिदिनुहुने सम्पूर्ण टेलिभिजन परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु । मैले जे राम्रो गरे सबैको साथ सहयोगले गरे अनि जे कम्जोरी रहे त्यो मेरा कारणले भए । तपाई दर्शकहरू प्रति विशेष आभार प्रकट गर्दछु, यो साथ र सहयोगका लागि ।’

Ncell
Extreme Energy

पत्रकार खत्रीले केही दिनअघि न्युज २४ छोडेका थिए । उनले न्युज २४ टेलिभिजनमा ‘टु द पोइन्ट’ नामक कार्यक्रम सञ्चालन गर्ने गर्दथे । 

पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले खत्रीको फोटो समावेश भएको पोस्टर सेयर गर्दै खत्रीलाई रास्वपामा स्वागत गरेका छन् । बोहराले लेखेका छन्, ‘प्रिय राजीवलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत छ ।’ 

पुस २ गते एक कार्यक्रमकाबीच उनी औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

नेपाली कांग्रेसको १५औं महाधिवेशन २ दिन सरेको छ । आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको उद्घाटन असोज १८ गते गर्ने निर्णय गरेको हो ।
कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

एक पदाधिकारीका अनुसार, महाधिवेशन बढीमा एक सातासम्म पर सार्ने तयारी छ । हाल महाधिवेशनका लागि तोकिएको अन्तिम १९ गते महाधिवेशन सुरु गर्ने वा अझ दुई दिन पर सारेर...
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको उक्त भेटमा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास, तथा...
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...

भर्खरै