नेभिगेशन
मुख्य समाचार

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक छ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६०१ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।

सोमबार ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

CG

सोमबारको कारोबारमा बैंकिङ शून्य दशमलव ७२, विकास बैंक शून्य दशमलव ३३, वित्त शून्य दशमलव ९०, जनविद्युत् शून्य दशमलव ०६, जीवन बीमा शून्य दशमलव ३०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, निर्जीवन बीमा शून्य दशमलव ०७ र व्यापार समूह शून्य दशमलव २७ प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन शून्य दशमलव ११, लगानी शून्य दशमलव ०८, म्युचुअल फण्ड शून्य दशमलव ११ र अन्य समूह शून्य दशमलव १७ प्रतिशतले घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

सोमबार रास्वपाले वीरगंज महानगरपालिकामा आयोजना गरेको एक कार्यक्रम सहभागी भएका गाउँपालिका अध्यक्ष अन्सारी रास्वपा प्रवेश गरेका हुन । गाउँपालिका अध्यक्ष अन्सारीलाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश...
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री खरेलले भने, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक...
सरकारद्वारा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय, अन्य निर्णयहरु यस्ता छन ?

सरकारद्वारा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय, अन्य निर्णयहरु यस्ता छन ?

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक...
भिजिट भिसामा अख्तियारले मुद्दा नहालेपछि नाचेका म्याग्दीका सीडीओ गृहमन्त्रालय तानिए (भिडियोसहित)

भिजिट भिसामा अख्तियारले मुद्दा नहालेपछि नाचेका म्याग्दीका सीडीओ गृहमन्त्रालय तानिए (भिडियोसहित)

तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । भिजिट भिसा प्रकरणमा तिवारीलाई अख्तियारले २ पटकसम्म बयान लिएको थियो ।  अख्तियारले अनुसन्धानमै रहेको...

भर्खरै