नेभिगेशन
समाज

रिलायन्सको आइपीओ छेडखानी अनुसन्धान हुने

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मूल्य र आईपीओ निष्कासनको प्रक्रिया छानबिनमा परेको छ । पुरानो वित्तिय विवरणका आधारमा शङ्कास्पद तवरले महँगो आइपिओ जारी भएको गुनासो पछि अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिलायन्सको आईपीओको सन्दर्भमा उठेका प्रश्नबारे  छानबिन गर्न निर्देशन दिँदै बोर्डलाई पत्राचार गरिएको अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव टङ्कप्रसाद पाण्डेयले सिधाकुरालाई बताए । ‘ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेर आईपीओका सन्दर्भमा उठेका प्रश्नबारे छानबिन गर्न भनेको छ,’ प्रवक्ता पाण्डेयले भने,‘ हामीले पुष १ गते पत्राचार गरेका हौँ ।’ 

Ncell
Extreme Energy

उनकाअनुसार रिलायन्स स्पिनिङ मिल्सको आईपीओको  निस्कासन मूल्य, कम्पनीको वित्तिय अवस्था लगायतकाबारेमा सञ्चार माध्यम तथा विभिन्न ठाउँमा प्रश्न उठेपछि छानबिनको निर्देशन भएको हो ।
स्पिनिङ मिल्सले बुक बिल्डङ विधिबाट आईपिओ जारी गर्न अनुमति पाएको छ । उसले ८२० रुपैयाँ ८० पैसा प्रतिकित्ताका दरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ जारी गरिसकेको छ । अबको केही दिनमा सर्वसाधारणका लागि कम्पनीले साधारण आईपीओ जारी गर्दैछ तर त्यस अघि नै अर्थले छानबिन सुरु गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
हाइड्रोका टनेलमा उद्धार प्रगति के छ ?

हाइड्रोका टनेलमा उद्धार प्रगति के छ ?

भोटेकोशी बाढीको सातौँ दिन आज पनि भोटेकोशी र त्रिशूली नदीका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको खोजी जारी छ ।
कानुनमन्त्री सोविताको कमाण्डमा कुन नेतालाई के जिम्मेवारी ?

कानुनमन्त्री सोविताको कमाण्डमा कुन नेतालाई के जिम्मेवारी ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ १० को बाढी प्रभावित क्षेत्रका लागि राहत र उद्धारका लागि मन्त्री, सा‌ंसद तथा केन्द्रीय सदस्य सम्मिलित विभिन्न टोली बनाएको छ ।