नेभिगेशन
समाज

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

काठमाडौँ । धोबीखोला करिडोर क्षेत्रका अतिक्रमित सार्वजनिक संरचना हटाउने निर्णयबाट सरकार पछि हटेको छ। शहरी विकास, उर्जा तथा जलस्रोत र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले तत्काल डोजर नचलाउन मध्यरात मौखिक आदेश दिएपछि शनिबार बिहानका लागि तय भएको १८८ रोपनी ५ आना अतिक्रमित संरचना खाली गर्ने कार्य रोकिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री घिसिङले गत कात्तिक ९ गते काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सरकारी जग्गामा बनेको अवैध संरचना भत्काउन निर्देशन दिएका थिए । प्रधिकरणको टोली मन्त्री घिसिङ भेट्न मन्त्रालय पुगेका थिए ।

Ncell
Extreme Energy

सो क्रममा प्राधिकरणको टोलीको काठमाडौँमा व्यापारिक प्रतिष्ठान देखि राजनीतिक दलका कार्यकर्ताले समेत सार्वजनिक जग्गा मिचेको रिपोर्ट मन्त्री घिसिङलाई पोश गरेका थिए । सो क्रममा मन्त्री घिसिङले सार्वजनिक जग्गा खाली गर्न कसैको दबाब र प्रभावमा नपर्न र तत्काल सो कार्यमा अघि बढ्न निर्देशन दिएका थिए । 

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार राति मन्त्री घिसिङले मौखिक आदेश दिएर अवैध संरचना हटाउन रोक लगाएका हुन् । 

विकास प्राधिकरणले मंसिर २९ गते अतिक्रमित संरचना हटाउने निर्णय गरेको थियो । सोही आधारमा पुस ३ गते प्राधिकरणले एक पत्र लेख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई सार्वजनिक संरचना हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध गरिदिन आग्रह समेत गरेको थियो । 

सोही आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेर शनिबार बिहान ८ बजेका लागि सुरक्षा प्रबन्ध गरिदिन आग्रह गरेको थियो । तर, शुक्रबार राति अबेर संरचना हटाउने कार्य स्थगन गर्न प्राधिकरणलाई मन्त्रालयबाट निर्देशन आएको अधिकारीहरू बताउँछन् ।

‘मन्त्री ज्यूले तत्काललाई रोकौँ भन्नुभयो । त्यसकारण रोकिएका छौँ । सम्भव त छिट्टै यो काम सुचारु हुन्छ,’ प्राधिकरण स्रोतले सिधाकुरासँग भन्यो । यता उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय काठमाडौँकाअनुसार केही दिनमा अतिक्रमित संरचना खाली गर्नेगरी काम अघि बढिरहेको छ ।
सुरक्षा लगायतका कारण देखाउँदै मन्त्रालय र प्राधिकरणबाट केह दिन कुर्न भनेको आयुक्त कार्यालय काठमाडौँका इन्जिनियर डोरकाजी श्रेष्ठले सिधाकुरालाई बताए। 

सिधाकुरालाई प्राप्त विवरणअनुसार यसरी अतिक्रमण गर्नेहरूमा धोबीखोला दायाँ बायाँतर्फका धेरै निजी तथा व्यवसायिक संरचनाहरू छन् । बिजुलीबजारको दक्षिणतर्फ रहेको बुटवल पावर कम्पनीले आफ्नो कम्पाउण्ड नै ३ आना सरकारी जग्गामा बनाएको पाइएको छ । उक्त संरचनामा रातो चिन्ह लगाएर आफैं भत्काउन वा नभए सरकारले डोजर चलाउने निर्देशन भइसकेको जिल्ला आयुक्त कार्यालयले जनाएको छ । 

यस्तै, अक्सिडेन्टल विद्यालय नजिक, निर्माण व्यवसायी महासङ्घ नजिक, रुद्रमती पुल र घले बस्ती, इच्छुुक सांस्कृति प्रतिष्ठान,धनोन्तरी फुटसल नजिकै क्षेत्र लगायतका ठाउँमा खोला तथा सरकारी जमिन मिचेर निजी तथा व्यवसायीक संरचनाहरू बनाइएको छ । यता कुलमान घिसिङको सचिवालयले भने यसबारेमा कुनै जानकारी नभएको बताएको छ ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग...