नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ६५ हजार ३१२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा व्यापार समूहबाहेक अरु सबै समूहको उपसूचक घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ८४ प्रतिशतले घटेको छ ।

CG

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंक लिमिटेडको रु १० करोड ३० लाख ८९ हजार ११४ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गरिमा समृद्धि योजनाको १२ लाख ७७ हजार १८० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अदालतको तारिख बुझेपछि रविले भने, ‘केपी ओलीले लगाएको गुन तिर्न आइराछु’

अदालतको तारिख बुझेपछि रविले भने, ‘केपी ओलीले लगाएको गुन तिर्न आइराछु’

सोमबार जिल्ला अदालत काठमाडौँमा तारिख बुझेर फर्कने क्रममा रास्वपा सभापति लामिछानेले ओलीले लगाएको गुन तिर्न आएको अभिव्यक्ति दिएका हुन् ।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
एमसिए–नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

एमसिए–नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

यसैगरी एमसिए(नेपालले हालै उक्त सडकखण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट(मुग्लिङ सडकखण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव छ लाख अमेरिकी डलर मूल्य...
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

“नेपाल बहुप्रकोपीय विपद् जोखिमको हिसाबले अत्यन्त संवेदनशील मुलुकको रूपमा रहेको छ । बाढीपहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर (लु), अत्यधिक गर्मी, शीतलहर, महामारीलगायत जल तथा मौसमजन्य विपद्हरूले...