नेभिगेशन
समाज

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ६५ हजार ३१२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको कारोबारमा व्यापार समूहबाहेक अरु सबै समूहको उपसूचक घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ८४ प्रतिशतले घटेको छ ।

Ncell
Extreme Energy

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंक लिमिटेडको रु १० करोड ३० लाख ८९ हजार ११४ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गरिमा समृद्धि योजनाको १२ लाख ७७ हजार १८० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बेत्रावतीको एउटै घरमा २४ जनाको शव भेटियो

बेत्रावतीको एउटै घरमा २४ जनाको शव भेटियो

नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीको एउटै घरभित्र २४ जनाको शव फेला परेका छन् ।
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।
बाढीले प्रभावित ढुङ्गेमा यातायात सञ्चालन, बेत्रावतीसम्म पुग्न सहज

बाढीले प्रभावित ढुङ्गेमा यातायात सञ्चालन, बेत्रावतीसम्म पुग्न सहज

नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ ।