नेभिगेशन
समाज

रवि र बालेनले प्रधानमन्त्री पदबारे छलफल गरेका थिए ?

सबै आंकलनहरु चिर्दै रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सोमबार भेटवार्ता भयो ।रास्वपाका केन्द्रिय सदस्य एवम् पूर्व सांसद असिम साहको कार्यालय कमलपोखरीमा रवि र बालेनले सोमबार एक्ला एक्लै ५ घण्टा र सामूहिक रुपमा करिब २ घण्टा गरी कुल ७ घण्टा निजी जीवनका उतारचढाव देखि देशको राजनीति र अबको बाटोका बारेमा चर्चा गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रवि दोस्रो पटक गृहमन्त्री हुँदा २०८० चैत २१ गते रविलाई भेट्न बालेन गृह मन्त्रालय पुगेका थिए । काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा खाली गरेर सरकारको नाममा ल्याउन र सुकुम्बासी समस्या समाधानका लागि उनीहरु बीच भेट भएको थियो । तर, त्यसयता नेताहरूको संवाद टुटेको थियो । 
विभिन्न कारण एकै ठाउँमा हुन नसकेका देशका सबै भन्दा लोकप्रिय दुई युवा नेता २२ महिना पछि सोमबार एकै ठाउँमा उभिएर लामो भलाकुसरी गरे।
कुनै पनि हालतमा रवि र बालेनलाई एक ठाउँमा आउन दिन हुन्न भन्ने शक्तिहरूको प्रयास चिर्दै उनीहरूले लामो संवाद गरे ।

Ncell
Extreme Energy

पङ्तिकारसँगको कुराकानीमा दुवैतर्फका नेताहरूले बताए अनुसार यो भेट दुई नेता बीचको टुटेको संवादको सुरुआत हो र वैकल्पिक शक्तिहरूको बलियो धार निर्माणको प्रयास हो । 

नेताहरूका अनुसार रवि, बालेन, कुलमान लगायतका वैकल्पिक शक्ति मिल्दा हुने क्षतिसँग डराएकाहरु रवि बालेन भेटलाई पद बाँडफाडसँग जोडेर विषयान्तर गरिरहेका छन् । तर, भेटको मुख्य उद्देश्य राजनीतिक स्थिरताका लागि समयमै निर्वाचनको वातावरण बनाउनु र बलियो वैकल्पिक शक्ति निर्माण गर्नु मात्रै हो । 

७ जनाको त्यो ७ घण्टा 

जेनजी आन्दोलनले तत्कालीन सरकार अपदस्थ गरेपछि मुलुक संसद विघटन हुँदै निर्वाचनमा होमिएको थियो । गम्भिर राजनीतिक रिक्तताका बीच काम चलाउ सरकारले सुशासन र निर्वाचनको तयारी गरिरहँदा अपदस्थ शक्तिहरू सल्बलाएपछि रवि र बालेन एक आपसमा नजिकिएका थिए। 

रबि र बालेन भेटका लागि बालेन सचिवालय र रास्वपा नेताहरू एक आपसमा झण्डै तीन महिना देखि निरन्तर समन्वयमा थिए । वैकल्पिक शक्तिहरू मिलेर जाने कुरामा छलफलको सुरुआत बालेनका सल्लाहकार कुमार बेनले नख्खु कारागारमा दुई पटक रविलाई भेटेर गरेका थिए।  

दुवै नेताहरु भेट हुने पूर्व निर्धारित नै थियो तर पर्खाई थियो उपयुक्त समयको । जब रवि पुुष ४ गते कारागार मुक्त भए अब रवि बालेन भेट पक्का जस्तै थियो । रवि रिहा हुने संकेत पाएका रास्वपा केन्द्रिय सदस्य असिम शाहले एउटा एआई भिडियोमार्फत रवि, बालेन र कुलमानसंगै हिंड्ने संकेत गरेका थिए । 

उक्त एआई भिडियो शेयर गर्ने मध्येका अर्का व्यक्ति दिए निर्देशक एवम् कालाकार निश्चल वस्नेत। जो सोमबार साँझ साढे ६ बजे देखि राति १ बजेसम्म भेटघाटमा मध्यस्थकर्ता थिए । बैठकमा सहभागी एक नेताकाअनुसार सोमबार कमलपोखरीको जी २१ डिजिटल स्टुडियोमा सात घण्टा ७ जना नेताहरू छलफलमा थिए ।

जसमा ५ घण्टा रवि र बालेनले मात्रै कुराकानी गरे भने २ घण्टा सबै जना सामूहिक छलफलमा बसे । भेटमा सभापति रवि लामिछाने, मेयर बालेन्द्र शाह, रास्वपा उपसभापति डीपि अर्याल, रास्वपा केन्द्रिय सदस्य एवम् पूर्व सांसद असिम साह, बालेका सल्लाहकार कुमार बेन, निर्देशक निश्चल बस्नेत र असिमका दाजु एवम् निर्देशक निर्माता आसिफ साह सहभागी थिए ।

बालेन रवि एक्ला एक्लै ५ घण्टा

रवि र बालेन एक्ला एक्लै भेट अघि र पछि  सातै जना सामूूहिक भेटमा थिए । सो भेटमा उनीहरुले आ आफ्नो जीवनको भोगाई देखि पछिल्लो राजनीतिक अवस्थाबारे सामान्य छलफल गरेको नेताहरू बताउँछन् । 

‘रविलाई साँधिएको राजनीतिक प्रतिशोध देखि बालेनलाई परेको पितृशोक, बालेनमाथिको डिजिटल आक्रमण देखि राजनीतिकसम्मका कुरा सामूूहिक भए,’ ति नेता भन्छन्,‘ राजनीतिका कुरामा जेनजी आन्दोलन एवम् शहिद, घाइते र उनीहरुको परिवारको विषय देखि सरकारले घोषणा गरेको निर्वाचन र निर्वाचनको वातावरणसँग केन्द्रित थियो ।’

रवि र बालेन निकट स्रोतकाअनुसार रवि र बालेनको प्रारम्भिक सहमति भनेकै भेटवार्ता र छलफलको सुरुआत र निरन्तरता, वैकल्पिक शक्ति एकै ठाउँमा उभिने प्रण नै हो । ‘भेटवार्ता र छलफलको सुरुआत भएको छ।

यसलाई निरन्तरता दिने हो । निर्वाचन नगराए देशमा संकट गहिरिन्छ त्यसैले जिम्मेवार भएर अघि बढ्नुपर्छ भन्नेमा प्रतिबद्ध भयौँ,’ स्रोतले भन्यो, ‘यसका लागि निरन्तर संवाद र वैकल्पिक शक्ति एकै ठाउँमा उभिने प्रण नै हो ।’ नेताहरूका अनुसार यसै साता पुनः रवि र बालेनका भेट हुनेछ । अन्य वैकल्पिक शक्तिलाई पनि बार्ता र समझदारीको केन्द्रमा ल्याइने छ । 

पार्टी एकता, शक्ति र पदको बाँडफाँडको विषयमा भएको चर्चाहरु फगत प्रचारबाजी मात्रै भएको नेताहरुले बताएका छन् । भेट सकिए पछि रास्वपा उपसभापति डीपि अर्यालले चलाएको कारमा रवि र बालेनसंगै बसेर कमलपोखरीबाट बाहिरीएका थिए । भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै रास्वपा नेता असिम शाहले वैकल्पिक शक्ति एक भएर अघि बढ्ने कार्यको सुरुआत भएको बताए । 

त्यसो त रास्वपा सभापति रवि लामिछानेले चितवनमा पत्रकारहरुलाई भेटबारे संक्षिप्त प्रतिक्रिया दिंदै दुई जना बीचको भेटलाई स्वादअनुसारको प्रचार गरिएको पनि बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्भर नचल्दा अस्तव्यस्त बन्यो यातायात कार्यालय (भिडिओ)

सर्भर नचल्दा अस्तव्यस्त बन्यो यातायात कार्यालय (भिडिओ)

काठमाडौँ कि सरस्वती पनेरू लाइसेन्स नवीकरणका लागि मंगलबार एकान्तकुना यातायात व्यवस्था कार्यालय पुगेकी थिइन् । तर कार्यालय पुगेर रित्तो हात फर्किनु परेको उनको पीडा छ । एक हप्तापछि...
संविधान संशोधनका लागि जनताले पठाएका ४४ हजार सुझाव, प्रदेश खारेजदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्म

संविधान संशोधनका लागि जनताले पठाएका ४४ हजार सुझाव, प्रदेश खारेजदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्म

नेपालको संविधानको धारा २७४ को उपधार १ मा भएको व्यवस्था अनुसार यी चार विषय असंशाेधनीय छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, नेपालको स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ता यी...
साउन ६ : बीपी स्मृति दिवस कि कांग्रेस विभाजनको साइत ?

साउन ६ : बीपी स्मृति दिवस कि कांग्रेस विभाजनको साइत ?

यसपालि कांग्रेसले फरक ढंगले बीपी स्मृति दिवस मनाउँदै छ। पार्टी एउटै छ, तर पुस अन्त्ययता कांग्रेसका नेताहरू घोषित रूपमा दुई समूहमा विभाजित छन्– नियमित महाधिवेशन पक्षधर समूह र...