नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।

सोमबार ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

CG

सोमबारको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा बढी रु २३ करोड दुई लाख ४१ हजार ९३६ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको तीन लाख दुई हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो ।
जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश दिएको थिएनः रमेश लेखक

जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश दिएको थिएनः रमेश लेखक

लेखकले जेनजी आन्दोलनको अघिल्लो दिन गृहमन्त्रीको हैसियतले क्याजल्टी र कुनै व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिन सुरक्षा निकायलाई निर्देशन दिएको दावी गरे ।
रास्वपा समानुपातिक उम्मेदवारकाे आन्तरिक मतदानको नतिजा सार्वजनिक,कसको मत कति ?

रास्वपा समानुपातिक उम्मेदवारकाे आन्तरिक मतदानको नतिजा सार्वजनिक,कसको मत कति ?

रास्वपाका केन्द्रमा चर्चामा रहेका प्राय पदाधिकारी र केन्द्रीय सदस्यले उम्मेदवारी दिएको क्लस्टर हो खस आर्य क्लस्टर । यो क्लस्टरमा रास्वपाका केन्द्रीय सहप्रवक्तासमेत रहेका रमेश प्रसाईँले १८ हजार २...
दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छः स्वास्थ्यमन्त्री

दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छः स्वास्थ्यमन्त्री

स्वास्थ्य मन्त्रालयबाट दुई महिनामा भएका उपलब्धिहरू सोमबार सार्वजनिक गर्दै उनले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढाइएका रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक...