नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो ।

आइतबार ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबारको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

CG

बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमलव १३, जलविद्युत शून्य दशमलव ४९, लगानी शून्य दशमलव ३२, जीवन बीमा शून्य दशमलव ८८, लघुवित्त शून्य दशमलव ३२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बीमा शून्य दशमलव ८६ र अन्य समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ३२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा धेरै रू ३० करोड, ६५ लाख, ८५ हजार, ७६ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको छ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ...
वीरगञ्जमा निषेधाज्ञा जारी, उलङ्घन गरिए कानुनी कारबाही गरिने

वीरगञ्जमा निषेधाज्ञा जारी, उलङ्घन गरिए कानुनी कारबाही गरिने

वीरगञ्जमा रहेको मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदाय प्रदर्शनमा उत्रिएका थिए । भने आज हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै  बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका...
यस्ता छन्  मन्त्रिपरिषद् बैठकका ८ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका ८ वटा निर्णयहरू यस्ता छन्:
गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

यही पुस २७ गते काठमाडौँको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो । पदयात्राको जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका...