नेभिगेशन
समाज

रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

भोजपुर । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै प्रख्यात छ । यो जिल्ला सुन्तला र अलैंचीका अलवा रुद्राक्ष खेतीको लागि प्रशिद्ध बन्दै गएको छ । धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्वपूर्ण मानिने रुद्राक्षको व्यावसायिक खेती विस्तारसँगै यहाँका किसानहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ । प्राकृतिक रूपमा रुद्राक्ष उत्पादनका लागि उपयुक्त हावापानी र माटो रहेको भोजपुर जिल्लामा यसको खेती र यसबाट हुने आम्दानी पनि बढेको छ । ‘यहाँ रुद्राक्षका करिब एक लाख विरुवा छन् र यो नगरपालिका नेपालको रुद्राक्षको राजधानी हो । रुद्राक्षको व्यापारबाट हामीले करिब सय करोड आम्दानी गरिरहेका छौं । यहाँबाट हामीले एकदेखि २९ मुखेसम्मका रुद्राक्ष बिक्री गरेका छौँ’, षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले, ‘मुख अनुसार यसको मूल्य पनि फरक हुने गरेका छन् । यहीँबाट एकजना किसानले २१ मुखे रुद्राक्ष ७४ लाखमा पनि व्यापारीलाई बिक्री गर्नु भएकोछ ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले भोजपुरका साल्पासिलिछो, षडानन्द, रामप्रसाद र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडाहरूमा रुद्राक्षका बगैँचा विस्तार हुँदै गएका छन् । पहिले जङ्गलमा प्राकृतिक रूपमा पाइने रुद्राक्ष वर्षौंदेखि व्यवसायिक रूपमा खेती गर्न थालिएको छ । यहाँका स्थानीय किसानहरूका अनुसार रुद्राक्ष खेती दीर्घकालीन भए पनि एकपटक उत्पादन सुरु भएपछि वर्षौंसम्म राम्रो आम्दानी लिन सकिन्छ । यहाँ उत्पादन हुने रुद्राक्ष धार्मिक संगसंगै सजावट र श्रृङ्गारका लागि पनि उपयोग हुँदै आएका छन् । यहाँ उत्पादित रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्री लगायतका वस्तुहरु बनाउने गरिन्छ । हाल भोजपुरमा उत्पादन भएका रुद्राक्ष तथा सामग्रीहरू नेपालकै काठमाडौं, धरान, विराटनगर लगायतका क्षेत्रका साथै भारत र चीनमा समेत निर्यात हुने गरेका छन् ।

Ncell
Extreme Energy

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Rudrakashya-__16-1768035793.jpg

Rudrakashya-__17-1768035793.jpg

Rudrakashya-__14-1768035792.jpg

Rudrakashya-__15-1768035792.jpg

Rudrakashya-__12-1768035788.jpg

Rudrakashya-__13-1768035788.jpg

Rudrakashya-__10-1768035785.jpg

Rudrakashya-__11-1768035785.jpg

Rudrakashya-__8-1768035780.jpg

Rudrakashya-__9-1768035780.jpg

Rudrakashya-__6-1768035779.jpg

Rudrakashya-__7-1768035779.jpg

Rudrakashya-__4-1768035778.jpg

Rudrakashya-__5-1768035778.jpg

Rudrakashya-__3-1768035777.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।