नेभिगेशन
समाज

माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी

काठमाडौँ । गुलियो भन्नेबित्तिकै सबैको मुख रसाउँछ। त्यही गुलियो सखर बाट बन्ने चिज चाकु, तिल लड्डु र सेतो तिलको लड्डु । 
गुलियो स्वाद आउने र जाडोलाई भगाउने चाकु उत्पादनका लागि टोखाका विभिन्न उद्योगमा  यतिबेला भ्याई नभ्याई भएको छ। चाकु किलोको १४० र खुवाको चाकु ५०० किलो र कालो तिल र सेतो तिलको लड्डु रु.३०० किलोमा बिक्री भइरहेको छ।
 माघे सङ्क्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त छन्। घ्यू र चाकु खाएर मनाइने माघे सङ्क्रान्ति पर्वका लागि बजारको माग अनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त बनेका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परम्परागत रूपमै टोखाका नेवार समुदाय चाकु बनाउँदै आएका छन्। पछिल्लो समय टोखामा विभिन्न १४ वटा उद्योगमार्फत् चाकु उत्पादन भइराखेको छ। 

Extreme Energy
citizen life

२०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो र त्यस ठाउँलाई तुँख्यः अर्थात् उखुबारी भनिन्थ्यो। त्यही शब्द पछि अपभ्रशं भएर टोखा भएको स्थानीयको भनाइ छ। पहिले थोरै मात्रामा बन्ने चाकु अहिले १२ महिना उत्पादन हुन्छ। टोखामा अहिले भारतबाट आयात भएको सख्खरबाट चाकु बनाउनुपर्ने बाध्यता छ। बजारमा माग बढे पनि जनशक्तिको भने अभाव भएको व्यवसायी बताउँछन्। 

'हामी चाकु व्यवसाय गर्ने अन्तिम पुस्ता हुने हो कि भन्ने चिन्ता बढेको छ', व्यवसायी बुद्ध श्रेष्ठले भने ।

नयाँ पुस्ता यस व्यवसायमा आकर्षित नहुँदा जनशक्तिको अभाव भएको उनको भनाइ छ। अहिले चाकु बनाउन बाहिरबाट जनशक्ति ल्याउनुपर्छ। 

नेवार समुदायमा चाकुको विशेष महत्त्व छ। यःमरी पुन्ही र माघे सङ्क्रान्तिको दिनमा अनिवार्य रूपमा चाकु चाहिन्छ। पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने चलन अनुसार चाकु पुस मसान्तसम्म बन्ने र माघ १ गते परिवारसँग बसेर एकसाथ खाने चलन छ। माघे सङ्क्रान्तिमा घिउ, चाकु, सखरखण्ड, रातो मूलालगायतका परिकार खाने चलन रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठको भनाइ छ। 

उनका अनुसार प्रत्यक्ष अप्रत्यक्ष गरेर करिब तीन हजार बढीले चाकु उद्योगमा रोजगारी पाएका छन्। यहाँ मङ्सिर र पुस दुई महिनामा चाकु व्यवसायी सबैभन्दा बढी व्यस्त हुन्छन्। 

पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले पनि बनाउन थालिएको छ।

Chaku_Tokha_sidhakura1-1768190592.jpg

Chaaku_sidhakura2-1768190628.png

Chaku_sidhakura-1768190628.png

Chaku_sidhakura3-1768190633.png

Chaku_Tokha_sidhakura1-1768190633.jpg

Chaku_Tokha_sidhakura-1768190632.jpg

Chaku_sidhakura2-1768190630.png

 

तस्बिर : क्षितिज तामाङ / नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शान्तिपूर्ण रुपमा खाली भयो थापाथलीको सुकुम्वासी बस्ती (ड्रोन भ्यू तस्बिरहरू)

शान्तिपूर्ण रुपमा खाली भयो थापाथलीको सुकुम्वासी बस्ती (ड्रोन भ्यू तस्बिरहरू)

थापाथलीका नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउन बिहानैदेखि डोजर चलाएको छ । साथै तनाव हुन सक्ने आशङ्कामा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिए पनि शान्तिपूर्णरुपमा...
थापाथलीका सुकुम्बासीः केही आन्दोलनमा, केही सामान जोगाउँदै

थापाथलीका सुकुम्बासीः केही आन्दोलनमा, केही सामान जोगाउँदै

बस्तीका केही भागमा भने विरोध प्रदर्शन पनि जारी छ। प्लेकार्ड बोकेका सुकुम्बासीहरूले सत्तारूढ दलको वाचा सम्झाउँदै व्यवस्थापनको माग गरिरहेका छन्। उनीहरूको मुख्य चिन्ता एउटै छ स्थानान्तरण भए पनि...
ड्रोनबाट हेर्नुहोस् हटाउन लागिएको थापाथली, टेकु र बल्खुको सुकुम्बासी बस्ती (तस्बिरहरु)

ड्रोनबाट हेर्नुहोस् हटाउन लागिएको थापाथली, टेकु र बल्खुको सुकुम्बासी बस्ती (तस्बिरहरु)

सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो। सुकुमबासीहरुलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ। आज शुक्रबार पनि दिनभर माइकिङ गर्ने र शनिबार बिहानै डोजर चलाउने तयारी...
काठमाडौं उपत्यकामा वायु गुणस्तर खस्किँदै ‘धेरै अस्वस्थ’(तस्बिरहरु)

काठमाडौं उपत्यकामा वायु गुणस्तर खस्किँदै ‘धेरै अस्वस्थ’(तस्बिरहरु)

एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’ ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका...