नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ ।

सोमबार ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ दशमलव ६१ को कारोबार भएको नेप्सेले जनाएको छ । सोमबारको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य दुई, होटल तथा पर्यटन शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य दुई, र म्युचुअल फण्ड शून्य दशमलव ११ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

CG

बैंकिङ शून्य दशमलव २५, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ११, लगानी शून्य दशमलव ४२, जीवन बिमा शून्य दशमलव १८, लघुवित्त शून्य दशमलव ६६, निर्जीवन बिमा शून्य दशमलव १४, व्यापार एक दशमलव १६ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...
प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा...