नेभिगेशन
समाज

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ५२ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ४३ को विन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार ३२० कम्पनीको एक करोड २५ लाख चार हजार ९७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ दशमलव ३७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

बुधबारको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य एक, वित्त दुई दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ३१, जलविद्युत् शून्य दशमलव शून्य सात, लगानी शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार समूह शून्य दशमलव ६७ प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव शून्य आठ, जीवन बिमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव शून्य पाँच र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ । सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य बुधबार सबैभन्दा बढी नौ दशमलव ९४ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८ तीन दशमलव ३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु २६ करोड २४ लाख चार हजार १८४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी छ लाख ७१ हजार ११८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...