नेभिगेशन
सबै कुरा

आफूहरुमाथि अन्याय गरेको भन्दै सर्वोच्चका प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध आरतीका परिवारको बिलाैना (भिडियो सहित)

काठमाडौं । आरती साहका बाबुआमाले छोरीको हत्या आरेपीलाई धरौटीमा छोडेको भन्दै न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी गरेका छन् । उनीहरुले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तथा उच्च अदालतका तत्कालिन न्यायाधीश सारंगा सुवेदीविरुद्ध उजुरी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीश प्रस्तावित छन् । उनीहरुमध्ये ३ न्यायाधीशविरुद्ध १० ओटा उजुरी परेका छन् । प्रस्तावित न्यायाधीश सारंगा सुवेदी विरुद्ध ६ वटा उजुरी परेको छ भने टेकप्रसाद ढुङ्गाना विरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमान विरुद्ध एकवटा उजुरी परेका हुन् । 

संसदीय सुनुवाई समितिको आइतबार दिउँसो बसेको बैठकमा सर्वोच्चमा सिफारिस भएका न्यायाधीशविरुद्ध उजुरी गर्ने उजुरी गर्ने उजुरीकर्ताहरुलाई छलफलको लागि बोलाएको थियो । 

आरतीका बाबुआमाले प्रस्तावित न्यायाधिश सारंगा सुवेदीविरुद्ध उजुरी दिएका थिए । आरतीका बाबु बिनोदप्रसाद साहले सारंगा सुवेदीले उच्च अदालत जनकपुरमा रहँदा कर्तव्य ज्यान मुद्दाका आरोपीलाई धरौटीमा छोडेको र फैसला न्यायसम्मत नगरेको आरोप लगाए । 

धनुषाको जनकपुरमा उपमहानगरपालिका ९ की २२ वर्षीया आरती साहको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो । माइतीपक्षले आरतीका श्रीमान पक्षले दाइजोको निउँमा हत्या गरेको दाबी गर्दै आएका छन् भने श्रीमान पक्षले आरतीले आत्महत्या गरेको दाबी गर्दै आएका छन् । विवाह पछि निरन्तर दाइजोको दबाब दिइरहेका परिवारले हत्या गरेर अस्पताल पुर्याएको आरतीका बाबु आमा बताउँछन् ।

आरती मृत्यु प्रकरणमा जिल्ला अदालत धनुषाले आरतीका श्रमिान् मोतीबाबु र ससुरा मदनमोहन साहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर पछि उच्च अदालतका न्यायाधीश सारंगा सुवेदीले सामान्य तारिखमा छोड्न आदेश दिएको थियो । 

प्रहरीले पटक/पटक मातीघरबाट लखेटेपछि अरतीका बाबुआमाले शान्तीबाटिकामा धर्ना दिदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...

भर्खरै