नेभिगेशन
समाज

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टोलीको बिदाई (तस्बिरहरु)

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वकपअघि नेपाली क्रिकेट टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुईवटा अभ्यास सिरिज खेल्नेछ , श्रीलंका ’ए’ टोली र मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास सिरिज तय भएपछि नेपाली टोली केहिसमय अघि नै विश्वकप यात्रामा निस्कन लागेको हो । विदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएकाले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । 

Ncell
Extreme Energy

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक स्टुअर्ट लले‌ विश्वकपमा राम्रो प्रदर्शन गर्ने र नजिता पनि राम्रो आउने आशा व्यक्त गरे । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । आईसीसी टी–२० विश्वकप क्रिकेट फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रतियोगितामा नेपाल समूह सी’ मा छ । यो समूहमा नेपालसँगै, इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरुवात गर्नेछ ।

Cricket-Kheladi-bidai-5-1768632599.jpg

Cricket-Kheladi-bidai-4-1768632599.jpg

Cricket-Kheladi-bidai-3-1768632599.jpg

Cricket-Kheladi-bidai-2-1768632599.jpg

Cricket-Kheladi-bidai-11-1768632598.jpg

Cricket-Kheladi-bidai-10-1768632598.jpg

Cricket-Kheladi-bidai-9-1768632598.jpg

Cricket-Kheladi-bidai-8-1768632598.jpg

Cricket-Kheladi-bidai-7-1768632598.jpg

Cricket-Kheladi-bidai-6-1768632598.jpg

Cricket-Kheladi-bidai-13-1768632597.jpg

Cricket-Kheladi-bidai-12-1768632597.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...