नेभिगेशन
सबै कुरा

एनसेलको छानबिन समितिमा माओवादी नेताका प्रिय पात्र, निष्पक्ष हुनेमा आशंका (भिडियाे ब्रिफिङ)

काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलको शेयर खरिद बिक्रीका विषयमा सरकारले बनाएको अध्ययन तथा छानबिन समितिमाथि नै प्रश्न उठेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

छानबिन समितिका संयोजकनै यसअघि एनसेलको कर विवादमा परेका र अन्य केही सदस्यहरु समेत माओवादी नेताका प्रिय पात्र भएको भन्दै उनिहरुबाट एनसेलको छानबिन हुनेमा आशंका उब्जिएको छ  । 

एनसेलमा ८० प्रतिशत शेयर रहेको मलेसियन कम्पनी आजियाटाले रेनल्ड्स होल्डिङ्स लिमिटेड मार्फत एनसेलमा लगानी गरेको थियो । तर आजियाटाले १ अर्ब ३६ करोड अमेरिकी डलरमा  किनेको आफ्नो सबै शेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट युकेलाई ५ करोड अमेरिकी डलरमा बिक्री गरेपछि एनसेलेको खरिद बिक्रीमा प्रश्न उठेको छ । 

एनसेलको शेयर खरिद गर्ने नयाँ कम्पनीका सञ्चालक सतिशलाल आचार्य भने एनसेलमा २० प्रतिशत शेयर रहेको सुनिभेरा क्यापिटलका सञ्चालक हुन् । उनी सिङ्गापुर बस्ने भएपनि नेपालमा श्रीमती भावना सिंहका नामबाट कारोबार गर्दै आएका छन् ।

लाभकर तथा एनसेलेको लाइसेन्स नविकरणका लागि एनसेलको शेयर मूल्यनै ९६ प्रतिशत भन्दा कम देखाएर बिक्री गरेको भन्दै सर्बत्र आलोचना भैरहेको छ । सत्तारुढ नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले एनसेलको खरिद बिक्रीमा राजनीतिक  र प्रशासनिक  संरक्षण रहेको बताउँदै आएका छन् भने रास्वपाका सपभाति रवि लामिछानेले समेत नेताहरुले एनसेलका नाममा अबै असुली गरेको आशंका गर्दै आएका छन् । 

एनसेलको खरिद बिक्रीमा सरकारको आलोचना भएपछि मंसिर २१ गतेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरिक्षक टंकमणी शर्मा दंगालको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति बनायो । समितिका सदस्यहरुमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् । तर छानबिनका लागि बनाइएको समिति भने एनसेल मैत्री भएको पाइएको छ । पहिला छानबिन समितिका संयोजक टंक मणी शर्मा र एनसेलको सम्बन्ध बारे बुझौँ ।


२०७४ जेठ ८ गते देखि २०८० जेठ ७ गते महालेखा परिक्षक थिए । टंकमणीको नियुक्ती भएपछि महालेखा परिक्षकको ५५ औँ वार्षिक प्रतिवेदन प्रकाशन भएको थियो । यसअघि कार्यवाहक महालेखा परिक्षक सुकदेव भट्टराई खत्रीले ५४ औँ वार्षिक प्रतिवेदन निकालेका थिए । खत्रीले  राष्ट्रपति  विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा एनसेलको सुरुवात देखिनै खरिद विक्रीका नाममा कुन कुन व्यक्ति र कम्पनीले कर छल्न कुन हदसम्म गरे भन्ने विस्तृत विवरण समेटिएको थियो । 

भट्टराईले सार्वजनिक सञ्चार माध्यमहरुमा एनसेलको विषय प्रतिवेदनमा नसमेट्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री कृष्णबहादुर महाराले निकै दबाब दिएको खुलाएका थिए । तर उनले तत्कालीन राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बेला एनसेलको फेहरिस्त सहितनै प्रतिवेन बुझाएका थिए । यो प्रतिवेदन महालेखाको वेबसाइटमा अहिले पनि भेटिन्छ । 


एनसेलको विषय प्रतिवेदनमा समेटिएपछि प्रधानमन्त्री दाहाल र तत्कालिन अर्थमन्त्री महराले महालेखापरिक्षकमा टंकमणी शर्मालाई नियुक्त गरे । शर्माको नियुक्तीसँगै कार्यवाहक महालेखा परिक्षक खत्रीले राजिनामा दिएका थिए । 

टंकमणी शर्माको नियुक्ती भएपछि भने एनसेलमाथि लेखापरिक्षकको कार्यालय चुप बस्यो । शर्माले प्रकाशन गरेको ५५  औँ वार्षिक प्रतिवेदनमा एनसेलको विषय कतै पनि समेटिएन । 

त्यसपछि शर्मा माथि एनसेललाई कर छुट दिन लागि परेको आरोप लाग्दै आएको छ । गत जेठमा मात्रै महालेखापरिक्षकबाट अवकाश पाएको तिनै शर्मालाई प्रचण्डले फेरी एनसेलको खरिद बिक्रीको छानबिन गर्ने जिम्मा दिएका छन्  । 

छानबिन समितिमा भएको शर्मा मात्र होइन अन्य सदस्यहरु पनि यसअघि माओवादीका विवादित अर्थमन्त्रीहरुका प्रिय पात्र छन् । 

समितिका सदस्य बनाइएका सहसचिव बाबुराम भण्डारी माओवादी निकट मानिन्छन् । २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री बनेका बेला अर्थ मन्त्री कृष्णबहादुर महरा थिए । महरानै २०७३ सालमा एनसेललाई कर नतिराउने पक्षमा जोडबोलका साथ लागेका थिए । उनले महालेखाको प्रतिवेदनमा एनसेलको विषय लुकाउन कार्यवहाक महालेखापरिाक्षक खत्रिलाई दबाब दिएको सार्वजनिक भएको थियो । सोही समयमा महराका निजी सचिव थिए अहिलेको छानबिन समितिका सदस्य सहसचिव बाबुरम भण्डारी । हाल उनी सञ्चार तथा सूचना मन्त्रालयमा छन् । 

शर्मा, भण्डारी मात्रै होइन अर्का सदस्य रितेश शाक्य समेत माओवादी नेताका प्रिय पात्र मानिन्छन् । उनलाई पुर्व अर्धमन्त्री जनार्दन शर्माले नै २०७८ सालमा आन्तरिक राजश्व विभागको महानिर्देशकमा नियुक्त गरेका थिए । उनि २०७९ कात्तिकसम्म राजश्व विभागका महानिर्देशक थिए ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल खरिद बिक्रीमा प्रधानमन्त्री प्रचण्ड र पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको संलग्नता  रहेको दाबी गर्दै आएका छन् । 

सरकारले छानबिन गर्न बनाएको  समितिमा बहुमत सदस्य माओवादी निकटका राखिएपछी आशंका उब्जीएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साढे २ अर्बका स्वकीयः सांसदलाई स्वकीय सचिव ठिक कि बेठिक ?

साढे २ अर्बका स्वकीयः सांसदलाई स्वकीय सचिव ठिक कि बेठिक ?

मन्त्रिपरिषदको निर्णय अनुसार साउन ४ गते, सरकारले राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ । स्वकीय सचिवको योग्यता र उनीहरुले पाउने सुविधा पनि तोकेको छ । स्वकीय सचिवको न्यूनतम शैक्षिक...
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता, संघसँग बाझिएको कानुन कसरी हुन्छ कार्यान्वयन ?

गण्डकीमा गाँजा खेतीलाई वैधानिकता, संघसँग बाझिएको कानुन कसरी हुन्छ कार्यान्वयन ?

गण्डकी प्रदेश सरकारले घरेलु मदिरा र गाँजा खेतीलाई वैधानिकता दिने घोषणा गरेको निकै भइसकेको थियो । पोहोर साल प्रदेश सभाले घरेलु मदिरालाई वैधानिकता दिने विधेयक पारित गर्यो ।...
नरभक्षी ध्रुवे

नरभक्षी ध्रुवे

पूर्वी तराईका झापा, मोरङ, सुनसरीदेखि सप्तरीसम्मको भूभाग हात्तीको पुस्तैनी बाटो हो, जसलाई ‘इलिफेन्ट करिडोर’ पनि भनिन्छ। भारतको आसाम, मेघालयदेखि कोशी टप्पुसम्म हात्तीको बथान यही करिडोर हुँदै विचरण गर्छन्।...
एकताको नाममा विभाजनको धम्की

एकताको नाममा विभाजनको धम्की

बिहानको कार्यक्रममा एउटा समूह सहभागी भयो, दिउँसोको सभामा अर्को समूह । बिहानको कार्यक्रम सिर्जनात्मक थियो, दिउँसोको कार्यक्रम आरोप–प्रत्यारोपपूर्ण थियो ।