नेभिगेशन
समाज

नेप्से परिसूचक ३१ अङ्कले वृद्धि

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ दशमलव ५९ को कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

आइतबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको उपसूचक पाँच दशमलव ७३ प्रतिशतले बढेको छ । सागर डिस्टिलरी लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ७८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
सुरू भयो एमाले सचिवालय बैठक

सुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...