नेभिगेशन
समाज

पूर्णबहादुर खड्काले भने:सर्वोच्चमा दायर रिट फिर्ता हुने भन्ने समाचार असत्य हो

काठमाडौँ । नेपाली काँग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा अदालतमा दायर रिट फिर्ता भएको भन्ने समाचार असत्य भएको बताएका छन् । 

काँग्रेस मिलेर जान सहमति भएको र सर्वोच्चमा दायर पार्टी विवाद बारेको रिट फिर्ता लिन देउवा समूह तयार भएको भन्ने समाचार प्रकाशित भएको थियो । तर, भर्खरै सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गर्दै खड्काले सो समाचारको प्रतिवाद गरेका हुन् । 

CG

"केही सञ्चार माध्यममा आएका गलत समाचार बारे स्पष्ट होस् । २०८२ माघ २ गते काँग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको  अवैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएको म स्पष्ट पार्न चाहन्छु," उनले भनेका छन्, "यो संवेदनशिल विषयमा मसँग प्रत्यक्ष सम्पर्क नगरीकन अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न सबै सञ्चार माध्यमका साथीहरूलाई विशेष आग्रह समेत गर्दछु ।"

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यातायात पूर्वाधारविज्ञ आशिष गजुरेल सिन्धुली-२ बाट रास्वपाकाे प्रत्यक्षतर्फको उम्मेदवार

यातायात पूर्वाधारविज्ञ आशिष गजुरेल सिन्धुली-२ बाट रास्वपाकाे प्रत्यक्षतर्फको उम्मेदवार

यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल सरकार मातहतको नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका रूपमा दोस्रो कार्यकालका लागि कार्यरत थिए ।
जनकपुरबाट रास्वपाले बजाएको घण्टी (ड्राेन भ्यू)

जनकपुरबाट रास्वपाले बजाएको घण्टी (ड्राेन भ्यू)

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल र डा।स्वर्णिम वाग्ले, सोविता गौतम, डा.अमरेशकुमार सिंह र जेनजी नेता पुरुषोत्तम यादवले सम्बोधन गरेका...
प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनले यसपटक...