नेभिगेशन
सबै कुरा

खाडीबाट युरोप पठाइदिने भन्दै नेपालीलाई नै ठग्ने नेपालीहरु (भिडियो सहित)

दुबईको फेयरमेन्ट इमिग्रेसन कन्सल्टेन्टमा एजेन्टको काम गर्ने बताउने नवीन खनालले दुबईमा रोजगारीमा गएका नेपालीहरुलाई युरोप, अष्ट्रेलिया तथा क्यान्डा पठाइदिन्छु भन्दै लाखौँ रकम लिएर फरार भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

झापाको भद्रपुर–१ डिगाउँ र इटहरी पश्चिम बस स्टेण्डमा आफ्नो घर भएको बताउने खनालले दुबईमा कार्यरत दर्जनौँ युवाको करोडौँ रकम लिएर सम्पर्कविहिन भएका छन् । उनले आफ्नो सक्कली नामसमेत परिवर्तन गरेर संजय शर्मा बताउँदै ठगी गर्ने गरेको खुलेको छ ।

नविन र उनकी नेपालमा रहेकी श्रीमती रेश्मा घिमिरे मार्फत ठगिएको भन्दै धेरै युवाहरु हाम्रो सम्पर्कमा आएका छन् । 

उनीहरुबाट पीडित हुनेमध्येका एक हुन्, सिन्धुपाल्चोक बाह्रबिसे २ का राम भण्डारी । रोजगारीका क्रममा कतार पुगेका उनी केही समयअघि फेसबुकबाटै नविन खनालको सम्पर्कमा पुगेका थिए ।  उनलाई नविनले युरोप पठाइदिन्छु भन्दै ८ लाख मागे । सोहीअनुसार उनले नेपालमा भएकी श्रीमतीको नाममा पैसा जम्मा गर्न भने । 

रामले आफ्नी श्रीमतीलाई सिता अधिकारीलाई रेश्माको नाममा १ लाख ८२ हजार जम्मा गर्न लगाए । तर उनीहरुले पछि मात्र थाहा पाए कि उनीहरु त ठग रहेछन् । 

राम भण्डारीकै दाई लक्ष्मण भण्डारीले समेत उनै नवीन खनाललाई सोही प्रयोजनका लागि भन्दै १ लाख ८२ हजार दिए  । नवीनले उनलाई माल्टा पठाइदिने बताएका थिए । लक्ष्मणले पनि नविनकै श्रीमतिको खातामा पैसा जम्मा गरिदिए । पैसा जम्मा गरिदिएपछि नविन र उनकी श्रीमती सम्पर्कविहिन भए ।  

यी त भए संजय शर्मा बताउने नविन र उनकी श्रीमति रेश्मा घिमिरेबाट ठगिने २ प्रतिनिधि पात्र । उनीहरुले नेपाल र वैदेशिक रोजगारीमा रहेका दर्जन बढी युवाहरुलाई राम्रो देश पठाइदिने भन्दै लाखौ कुम्ल्याउने गरेको पाइएको छ  । अरु त अरु उनले दुबईको फेयरमेन्ट इमिग्रेसन कन्सल्टेन्टको नाममा नक्कली विवरण बनाएर नेपालीहरु फसाउने गरेका छन्  ।  उनीहरुले प्रतिव्यक्ति १ लाख देखि ८ लाखसम्म ठगी गरेको पीडितहरु बताउँछन् । 

वर्षौँदेखि पैसा लिएर सम्पर्कविहिन भएपछि पीडितका परिवारहरु नवीनको परिवारलाई खोज्दै इटहरी नै पुगे । उनका बाबुआमाले समेत नवीनलाई ठगी कार्य नगर्न सम्झाउँदा उनले भने अटेर गरिरहेका छन् । अहिले त नविन र उनकी श्रीमती रेश्मा सामाजिक संजालमा पीडितहरुलाई नै ब्लक गरेर टाढिएका छन् भने राम्रो अवसरको खोजीमा पैसा लगानी गर्नेहरु पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...