नेभिगेशन
सबै कुरा

खाडीबाट युरोप पठाइदिने भन्दै नेपालीलाई नै ठग्ने नेपालीहरु (भिडियो सहित)

दुबईको फेयरमेन्ट इमिग्रेसन कन्सल्टेन्टमा एजेन्टको काम गर्ने बताउने नवीन खनालले दुबईमा रोजगारीमा गएका नेपालीहरुलाई युरोप, अष्ट्रेलिया तथा क्यान्डा पठाइदिन्छु भन्दै लाखौँ रकम लिएर फरार भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

झापाको भद्रपुर–१ डिगाउँ र इटहरी पश्चिम बस स्टेण्डमा आफ्नो घर भएको बताउने खनालले दुबईमा कार्यरत दर्जनौँ युवाको करोडौँ रकम लिएर सम्पर्कविहिन भएका छन् । उनले आफ्नो सक्कली नामसमेत परिवर्तन गरेर संजय शर्मा बताउँदै ठगी गर्ने गरेको खुलेको छ ।

नविन र उनकी नेपालमा रहेकी श्रीमती रेश्मा घिमिरे मार्फत ठगिएको भन्दै धेरै युवाहरु हाम्रो सम्पर्कमा आएका छन् । 

उनीहरुबाट पीडित हुनेमध्येका एक हुन्, सिन्धुपाल्चोक बाह्रबिसे २ का राम भण्डारी । रोजगारीका क्रममा कतार पुगेका उनी केही समयअघि फेसबुकबाटै नविन खनालको सम्पर्कमा पुगेका थिए ।  उनलाई नविनले युरोप पठाइदिन्छु भन्दै ८ लाख मागे । सोहीअनुसार उनले नेपालमा भएकी श्रीमतीको नाममा पैसा जम्मा गर्न भने । 

रामले आफ्नी श्रीमतीलाई सिता अधिकारीलाई रेश्माको नाममा १ लाख ८२ हजार जम्मा गर्न लगाए । तर उनीहरुले पछि मात्र थाहा पाए कि उनीहरु त ठग रहेछन् । 

राम भण्डारीकै दाई लक्ष्मण भण्डारीले समेत उनै नवीन खनाललाई सोही प्रयोजनका लागि भन्दै १ लाख ८२ हजार दिए  । नवीनले उनलाई माल्टा पठाइदिने बताएका थिए । लक्ष्मणले पनि नविनकै श्रीमतिको खातामा पैसा जम्मा गरिदिए । पैसा जम्मा गरिदिएपछि नविन र उनकी श्रीमती सम्पर्कविहिन भए ।  

यी त भए संजय शर्मा बताउने नविन र उनकी श्रीमति रेश्मा घिमिरेबाट ठगिने २ प्रतिनिधि पात्र । उनीहरुले नेपाल र वैदेशिक रोजगारीमा रहेका दर्जन बढी युवाहरुलाई राम्रो देश पठाइदिने भन्दै लाखौ कुम्ल्याउने गरेको पाइएको छ  । अरु त अरु उनले दुबईको फेयरमेन्ट इमिग्रेसन कन्सल्टेन्टको नाममा नक्कली विवरण बनाएर नेपालीहरु फसाउने गरेका छन्  ।  उनीहरुले प्रतिव्यक्ति १ लाख देखि ८ लाखसम्म ठगी गरेको पीडितहरु बताउँछन् । 

वर्षौँदेखि पैसा लिएर सम्पर्कविहिन भएपछि पीडितका परिवारहरु नवीनको परिवारलाई खोज्दै इटहरी नै पुगे । उनका बाबुआमाले समेत नवीनलाई ठगी कार्य नगर्न सम्झाउँदा उनले भने अटेर गरिरहेका छन् । अहिले त नविन र उनकी श्रीमती रेश्मा सामाजिक संजालमा पीडितहरुलाई नै ब्लक गरेर टाढिएका छन् भने राम्रो अवसरको खोजीमा पैसा लगानी गर्नेहरु पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।