नेभिगेशन
समाज

मनाङका रास्वपा उम्मेदवारले धोका दिए, टिकट लिएर बेपत्ता भए

काठमाडौँ । देशभर उभार छाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक उम्मेदवारले भने पार्टीलाई नै धोका दिएका छन् । फागुन २१ को निर्वाचनका लागि पार्टी कार्यालयबाट टिकट लिएर गएका प्रतिनिधिसभा उम्मेदवार अनिल गुरुङ बाटोबाटै बेपत्ता भएको रास्वपाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीलाई नियोजित रुपमा ति उम्मेदवारले धोका दिएको भन्दै रास्वपाले ऐतिहासिक १६५ क्षेत्रमा निर्वाचन लड्ने धोको अपुरो बनेको बताएको छ। उम्मेदवारी दर्ता गर्ने समयसम्म पार्टीको सम्पर्कमा रहेका गुरुङ, एकासी सम्कर्पबिहिन भएको रास्वपाका एक उच्च नेताले सिधाकुरालाई बताए। 

Ncell
Extreme Energy

‘समय हुनजेल मनाङ जाँदैछु, बाटोमा छु भन्थे । हामीले वारेसमार्फत यतैबाट मनोनयन गरौँ पनि भन्यौँ मानेनन् थिएनन्,’ ति नेताले सिधाकुरासँग भने,‘बाटोमा होलान । कठिनाइ भयो होला भनेर प्रशासनलाई सहयोग पनि माग्यौँ तर अहिले उनी आफै सम्पर्कबिहिन भए ।’ जिल्ला प्रशासनले आवश्यक समन्वय गर्छौँ भनेर पटक पटक ताकेता गर्दा पनि बाटोमा छु भनेको उम्मेदवार फोन बन्द गरेर बेपत्ता भएको रास्वपाले जनाएको छ।

उनको सम्पर्क नम्बरमा सिधाकुराले गरेको सम्पर्क प्रयास पनि सफल हुन सकेन । 
रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।