नेभिगेशन
सबै कुरा

एमालेको सङ्कल्प यात्रालाई असफल पार्न सडकमा रुख ढाल्ने पहिचानवादी समूह प्रहरी नियन्त्रणमा

काठमाडाैँ : नेकपा एमालेको कार्यक्रमलाई कोशी प्रदेशमा अवरोध गर्न ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लाहरुमा सडकमा रुख ढाल्ने ८ जना पहिचानवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमालेको संकल्प यात्राका क्रममा एमाले अध्यक्षसहितको टोली कोशीको प्रदेशको यात्रामा छन्् । उनीहरुले दिउँसो १ बजे ओखलढुंगाको हर्कपुरमा उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त भेलालाई सम्बोधन गर्दै छन् । त्यसपश्चात उनी खोटाङतर्फको यात्रा तय गर्नेछन् । 

Ncell
Extreme Energy

एमालेको यही कार्यक्रमलाई बिथोल्नका लागि पहिचानवादी समूहले विभिन्न स्थानमा अवरोध पुर्याउने ध्येयले सडकमा रुख ढालेर तेर्साएका हुन् । त्यस्तै यस्तै अराजक समूहलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले गस्ति गरिरहेको र सुरक्षा अवस्था कडा पारिएको छ । 

एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादी समूहले प्रदेश बन्द समेतको घोषणा गरेका छन् । 

एमालेको उक्त सङ्कल्प यात्रामा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायतका नेताहरु छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देउवा पक्षले भन्यो– छुट्टै महाधिवेशन गर्छौं, आत्मसम्मान नहुने गरी पद लिँदैनौं

देउवा पक्षले भन्यो– छुट्टै महाधिवेशन गर्छौं, आत्मसम्मान नहुने गरी पद लिँदैनौं

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षले गरेको निर्णयबाट आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै  कांग्रेसको छुट्टै महाधिवेशन गर्ने बताएको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह

सो क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले बाढीका कारण सडक सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सडकलाई छिटो खुलाउनुपर्ने बताएका थिए । नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन...
छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

नेपाली कांग्रेसले वडा अधिवेशनमा सहभागी हुने नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेपछि छुट्टै महाधिवेशनको तालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूह अलमलमा परेको छ ।
खड्काको लचकतापछि दबाबमा इतरपक्ष

खड्काको लचकतापछि दबाबमा इतरपक्ष

कार्यसम्पादन समितिले केही नेतालाई केन्द्रीय समितिमा मनोनीत गर्ने, गत पुससम्म नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिई डिजिटल अद्यावधिकलाई अनिवार्य नगर्ने, केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा (इतरपक्षका) नेता...