नेभिगेशन
सबै कुरा

एमालेको सङ्कल्प यात्रालाई असफल पार्न सडकमा रुख ढाल्ने पहिचानवादी समूह प्रहरी नियन्त्रणमा

काठमाडाैँ : नेकपा एमालेको कार्यक्रमलाई कोशी प्रदेशमा अवरोध गर्न ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लाहरुमा सडकमा रुख ढाल्ने ८ जना पहिचानवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमालेको संकल्प यात्राका क्रममा एमाले अध्यक्षसहितको टोली कोशीको प्रदेशको यात्रामा छन्् । उनीहरुले दिउँसो १ बजे ओखलढुंगाको हर्कपुरमा उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त भेलालाई सम्बोधन गर्दै छन् । त्यसपश्चात उनी खोटाङतर्फको यात्रा तय गर्नेछन् । 

Extreme Energy

एमालेको यही कार्यक्रमलाई बिथोल्नका लागि पहिचानवादी समूहले विभिन्न स्थानमा अवरोध पुर्याउने ध्येयले सडकमा रुख ढालेर तेर्साएका हुन् । त्यस्तै यस्तै अराजक समूहलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले गस्ति गरिरहेको र सुरक्षा अवस्था कडा पारिएको छ । 

एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादी समूहले प्रदेश बन्द समेतको घोषणा गरेका छन् । 

एमालेको उक्त सङ्कल्प यात्रामा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायतका नेताहरु छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञान केन्द्रमा राख्न विश्वप्रकाशको आग्रह

कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञान केन्द्रमा राख्न विश्वप्रकाशको आग्रह

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...

भर्खरै