नेभिगेशन
समाज

पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

खोटाङ । खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङ पछिल्लो समय पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पहुँचयुक्त पूर्वाधारले यस क्षेत्रलाई पर्यटकका लागि सहज गन्तव्य बनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न चाहने पर्यटकहरूको रोजाइमा पर्दै गएको छ।चखेवा क्षेत्रलाई संस्कार, संस्कृति र सभ्यताको पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने  टेम्केमैयुङ गाउँपालिकाको योजना समेत रहेको छ ।

Ncell
Extreme Energy

चखेवा भञ्ज्याङ मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुमा पर्छ, जसले गर्दा यस क्षेत्रको पर्यटकीय महत्व झनै बढेको छ। गाउँपालिकाले बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माणका लागि केन्द्र सरकारबाट करिब ३ करोड रुपैयाँको बजेटसमेत सुनिश्चित गरिसकेको छ।

गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नारासहित चखेवा क्षेत्रको विकासमा लगनशीलता देखाएको छ। अबको लक्ष्य भनेको पूर्वाधार सुदृढीकरण, सांस्कृतिक सम्पदा संरक्षण र स्थायी पर्यटनको माध्यमबाट स्थानीय जीवनस्तरमा रूपान्तरण ल्याउनु हो।

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Chakhewa-bhanjyang-sidhakura_-1-1769238039.jpg

Chakhewa-bhanjyang-sidhakura_-4-1769238031.jpg

Chakhewa-bhanjyang-sidhakura_-3-1769238031.jpg

Chakhewa-bhanjyang-sidhakura_-6-1769238027.jpg

Chakhewa-bhanjyang-sidhakura_-5-1769238027.jpg

Chakhewa-bhanjyang-sidhakura_-7-1769238025.jpg

Chakhewa-bhanjyang-sidhakura_-9-1769238024.jpg

Chakhewa-bhanjyang-sidhakura_-8-1769238023.jpg

Chakhewa-bhanjyang-sidhakura_-11-1769238021.jpg

Chakhewa-bhanjyang-sidhakura_-10-1769238021.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै