नेभिगेशन
मुख्य समाचार

पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

खोटाङ । खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङ पछिल्लो समय पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पहुँचयुक्त पूर्वाधारले यस क्षेत्रलाई पर्यटकका लागि सहज गन्तव्य बनाएको हो।

समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न चाहने पर्यटकहरूको रोजाइमा पर्दै गएको छ।चखेवा क्षेत्रलाई संस्कार, संस्कृति र सभ्यताको पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने  टेम्केमैयुङ गाउँपालिकाको योजना समेत रहेको छ ।

CG

चखेवा भञ्ज्याङ मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुमा पर्छ, जसले गर्दा यस क्षेत्रको पर्यटकीय महत्व झनै बढेको छ। गाउँपालिकाले बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माणका लागि केन्द्र सरकारबाट करिब ३ करोड रुपैयाँको बजेटसमेत सुनिश्चित गरिसकेको छ।

गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नारासहित चखेवा क्षेत्रको विकासमा लगनशीलता देखाएको छ। अबको लक्ष्य भनेको पूर्वाधार सुदृढीकरण, सांस्कृतिक सम्पदा संरक्षण र स्थायी पर्यटनको माध्यमबाट स्थानीय जीवनस्तरमा रूपान्तरण ल्याउनु हो।

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Chakhewa-bhanjyang-sidhakura_-1-1769238039.jpg

Chakhewa-bhanjyang-sidhakura_-4-1769238031.jpg

Chakhewa-bhanjyang-sidhakura_-3-1769238031.jpg

Chakhewa-bhanjyang-sidhakura_-6-1769238027.jpg

Chakhewa-bhanjyang-sidhakura_-5-1769238027.jpg

Chakhewa-bhanjyang-sidhakura_-7-1769238025.jpg

Chakhewa-bhanjyang-sidhakura_-9-1769238024.jpg

Chakhewa-bhanjyang-sidhakura_-8-1769238023.jpg

Chakhewa-bhanjyang-sidhakura_-11-1769238021.jpg

Chakhewa-bhanjyang-sidhakura_-10-1769238021.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।
इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

झापाको क्षेत्र ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाह  बिहीबार इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम  २ का उम्मेदवार गोकुलबहादुर राई संग इलाम बजारमा भेट...
रास्वपाका बालेन शाहले गराए मनोनय दर्ता (तस्विरहरु)

रास्वपाका बालेन शाहले गराए मनोनय दर्ता (तस्विरहरु)

समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ ठाउँमा कलससहित स्वागत गरिएको थियो ।
जनकपुरबाट रास्वपाले बजाएको घण्टी (ड्राेन भ्यू)

जनकपुरबाट रास्वपाले बजाएको घण्टी (ड्राेन भ्यू)

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल र डा।स्वर्णिम वाग्ले, सोविता गौतम, डा.अमरेशकुमार सिंह र जेनजी नेता पुरुषोत्तम यादवले सम्बोधन गरेका...