नेभिगेशन
मुख्य समाचार

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।

आइतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।

CG

आइतबार ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलप शून्य पाँचको कारोबार भएको छ ।

आइतबार सबै समूहको उपसूचक बढेको छ । आइतबारको कारोबारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आइतबार सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ४३ करोड ५९ लाख ३३ हजार १६२ बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैनः गृहमन्त्री अर्याल

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैनः गृहमन्त्री अर्याल

भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आइतबार उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताएका...
माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

उद्योग वाणिज्य संघ काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा माघ १४ देखि १७...
निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

आइतबारदेखिनै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइएको हो ।

भर्खरै