नेभिगेशन
मुख्य समाचार

तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत (तस्बिरहरु)

तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ प्रतिशत  रहेको छ ।

आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ ।

नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी मिलन कार्कीका अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप दुई जोडी सुरुङ ब्रेक–थ्रु हुनेगरी काम अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ ।

ललितपुरको खोकनादेखि सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किमी लम्बाइको उक्त द्रुतमार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ । आयोजना अन्तर्गत ललितपुरमा नौ, काठमाडौंमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ ।

fasttrack_sidhakura14-1769833161.jpg

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले द्रूतमार्ग अन्तर्गत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुने जानकारी दिए । उनका अनुसार हालसम्म ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ । आयोजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको जनाइएको छ ।
fasttrack_sidhakura8-1769833159.jpg

बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । आयोजना अन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ ।

CG

fasttrack_sidhakura10-1769833159.jpg
राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने 'एसियन हाइवे स्टयाण्डर्ड'को रणनीतिक महत्वको यो देशकै पहिलो द्रुतमार्ग हो । फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत दुई खर्ब १३ अर्ब रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ ।
fasttrack_sidhakura2-1769833157.jpg

उक्त आयोजना पूरा भएपछि करिब एक घण्टामा काठमाडौंबाट मध्य तराई पुग्न सकिनेछ ।

fasttrack_sidhakura12-1769833160.jpg

fasttrack_sidhakura13-1769833160.jpg

fasttrack_sidhakura9-1769833159.jpg

fasttrack_sidhakura7-1769833158.jpg

fasttrack_sidhakura11-1769833159.jpg

fasttrack_sidhakura2-1769833157.jpg

fasttrack_sidhakura3-1769833157.jpg

fasttrack_sidhakura4-1769833157.jpg

fasttrack_sidhakura5-1769833157.jpg

fasttrack_sidhakura6-1769833158.jpg

fasttrack_sidhakura16-1769833162.jpg

fasttrack_sidhakura17-1769833162.jpg

fasttrack_sidhakura14-1769833161.jpg

fasttrack_sidhakura15-1769833161.jpg

fasttrack_sidhakura-1769833156.jpg

fasttrack_sidhakura1-1769833156.jpg

fasttrack_sidhakura10-1769833159.jpg

fasttrack_sidhakura8-1769833159.jpg



तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

स्थानीयका अनुसार खासिलाई गोसाइँकुण्ड र बालकलाई भगवान शिव को प्रतिकको रुपमा लिइन्छ । माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री...
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...
धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।
नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

सोमबार रास्वपाका वरिष्ठ नेता शाह नेपालगञ्ज विमानस्थल भएर सुदुरपश्चिम जानलागेका हुन । साह नेपालगञ्ज भएर सुदुरपश्चिम जाँदैछन् भन्ने कुरा थाहा पाएपछि बालेनका समर्थक र शुभेच्छुकहरु उनको स्वागतमा विमानस्थलमै...

भर्खरै