नेभिगेशन
समाज

धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङको श्रमदान अभियान, ‘श्रम सेना’ले गरे धोबीखोला सरसफाइ (तस्बिरहरु)

काठमाडौँ । धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौँ प्रवेश गरेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरिरहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभियानमा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा. वरुण अमात्यसँगै स्थानीय बासिन्दाको पनि सक्रिय सहभागिता रहेको छ। अमात्यका अनुसार पार्टीको श्रम संस्कृति र नेतृत्वको निर्देशनअनुसार सरसफाइ अभियान सञ्चालन गरिएको हो। पार्टीले यस अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’ नाम दिएको छ।

Ncell
Extreme Energy

काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दाले सुरु गरेको सरसफाइ अभियानमा आफूहरू जोडिएको बताउँदै उनले हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको जानकारी दिए। यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध रूपमा समाजका लागि गरिएको र निरन्तर चलिरहने उनले बताए।

पार्टी अध्यक्ष हर्क साम्पाङलाई पनि आगामी दिनमा सरसफाइ अभियानमा जोड्ने प्रयास भइरहेको अमात्यले जानकारी दिए । साथै, आगामी निर्वाचनका लागि हर्क साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी बाट चुनाव लड्न लागेका हुन् । 
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

Sharamdan_Nepal-Photo-Library_Dhobikhola11-1769928554.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola9-(1)-1769928548.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola9-1769928548.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola8-1769928542.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola14-1769928562.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola12-1769928558.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola10-1769928553.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola7-1769928542.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola5-1769928537.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola6-1769928537.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola3-1769928533.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola4-1769928533.jpg

Sharamdan_Nepal-Photo-Library_Dhobikhola2-1769928530.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...