नेभिगेशन
समाज

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो ।

Ncell
Extreme Energy

आइतबार ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ दशमलव ४५ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबार व्यापार समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ७५, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् एक दशमलव ३६ र लगानी समूह शून्य दशमलव ९६ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७६, लघुवित्त शून्य दशमलव ५७, म्यूचुअल फण्ड शून्य दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आइतबार सबैभन्दा बढी नौ दशमलव ७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आइतबार सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ५५ करोड ५२ लाख ४० हजार ७६१ बराबरको १७ लाख ४६ हजार ९२४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

सेनाका अनुसार सैनिक हेलिकोप्टरबाट आज दिउँसो साढे १२ बजेसम्म बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको हो ।
भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।
त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।