नेभिगेशन
समाज

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

तनहुँ । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए ।

Ncell
Extreme Energy

उनका अनुसार एघार हजार ८२१ दशमलव सात मेट्रिकटन उत्पादन भएकामा औपचारिक रूपमा पाँच हजार ८२१ दशमलव नौ मेट्रिकटन सुन्तला उत्पादन बिक्री हुँदा उक्त कारोवार भएको हो । जिल्लाको आँबुखैरेनी, घिरिङ्ग, देवघाट, भीमाद, म्याग्दे, ऋषिङ्ग, बन्दीपुर, व्यास र शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्र सुन्तलाखेतीका लागि पकेट क्षेत्रको प्रख्यात मानिन्छन् ।

सुन्तला उत्पादनबाट राम्रो आम्दानी गर्न थालेपछि सुन्तलाखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए ।तनहुँमा उत्पादित अधिकांश सुन्तला दमौली, पोखरा र काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका थिए । त्यसका कारण किसान बिक्रीका लागि बजारको समस्या खेप्नु नपर्दा थप उत्साहित देखिएका हुन् ।

कार्यालयबाट अनुदान अन्तर्गत किसानलाई निःशुल्क रूपमा बेर्ना, नयाँ क्षेत्रफल विस्तारका लागि खाल्टो खन्न, सिँचाइ गर्न पोखरी बनाउन, अनावश्यक हाँगा काट्ने मेसिन खरिद गर्न सून्तला जात फलफूल विकास कार्यक्रमअन्तर्गत अनुदानको व्यवस्था गरिएको सूचना अधिकारी परियारले जानकारी दिए ।

किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रूपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरण गरी प्रोत्साहन गर्दै आएको सो कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

गत कार्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए।  त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका...
प्रधानमन्त्री बालेनलाई मोदीले पठाएको शुभकामना सन्देश हस्तान्तरण

प्रधानमन्त्री बालेनलाई मोदीले पठाएको शुभकामना सन्देश हस्तान्तरण

भेटपछि भारतीय राजदूत श्रीवास्तवले द्विपक्षीय हितका विषयमा छलफल भएको उल्लेख गर्दै लेखेका छन्,‘भारत र नेपालबीचको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा फलदायी र सकारात्मक छलफल भयो,’...
अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग सोमबार छलफल गर्दैछन् ।
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार ४५ मिनेट भेटवार्ता गरेका छन् ।