नेभिगेशन
समाज

आज कोशी र गण्डकीको हिमाली भू–भागमा हल्का वर्षारहिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धादिङ २ खनायोबासमा काँग्रेस, एमाले र नेकपा मिले, रास्वपाका मतदातामाथि घेराबन्दी

धादिङ २ खनायोबासमा काँग्रेस, एमाले र नेकपा मिले, रास्वपाका मतदातामाथि घेराबन्दी

साथै मतदान केन्द्रमा रहेका रास्वपा प्रतिनिधिलाई पनि काँग्रेस, एमाले र नेकपामा मानिसद्वारा दुर्व्यवहार गरिएको उनीहरूको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय धादिङले भने कसैले पनि बुथ कब्जाको...
सर्लाही ४ मा विवाद मिल्यो, मतदान सुचारु

सर्लाही ४ मा विवाद मिल्यो, मतदान सुचारु

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामराज कडरियाले विवाद समाधान गरेर मतदान प्रक्रिया सुचारु गरिएको जानकारी दिए ।
रास्वपा सभापति लामिछाने चितवनमा

रास्वपा सभापति लामिछाने चितवनमा

रास्वपा सभापति रवि लामिछाने चितवन २ का उम्मेदवार हुन्।