नेभिगेशन
समाज

मेघालय कोइलाखानी विस्फोटः खोटाङको एउटै गाउँका तीनको  मृत्यु, एक जना बेपत्ता, शव ल्याउन समस्या

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट हुँदा यहाँको बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।

Ncell
Extreme Energy

कामदार कोइलाखानीभित्र काम गर्दैगर्दा भएको विष्फोटमा परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएको जानकारी आएको छ । विस्फोटपछि बेपत्ता भएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने जनाइएको छ  । 

मेघालयमासँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताएका छन् । विष्फोटपछि उद्धार गर्नेक्रममा कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा रहेकोसँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् । 

विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ । कोइलाखानीमा बेपत्ता रत्न रोजगारीका सिलसिलामा गत असोज–९ गते मेघालय गएको  आफन्तले जनाएका छन् । विष्फोटमा गम्भीर घाइते भएका नरबहादुरको उपचारको क्रममा यही माघ २३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । 

घटना भएकै दिन ज्यान गुमाउनुभएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिमेल मगरले जानकारी दिए । विस्फोटमा पर्नुभएका बरापोखरी गाउँपालिका–१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते छन् । उनीहरुको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले बताए । 

विष्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको बारेमा जानकारी गराएको मृतकका आफन्तले बताएका छन् ।  विष्फोटमा ज्यान गुमाएका खोटाङ्गे युवाको शव मेघालयबाट नेपालमा ल्याउनका लागि परिवारका सदस्यलाई कठिनाइ भएको छ । विष्फोटमा आफन्तको ज्यान गएको जानकारी प्राप्त भएपछि घरबाट तीन दिन लगाएर भारतको मेघालय पुगेको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिए ।  शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरुआत गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग...
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै...
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।