नेभिगेशन
समाज

बाँकेमा आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य

काठमाडौँ । बाँकेका तीन स्थानीय तहमा पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउन सुरु भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो खोप लगाउन सुरु गरिएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अहिलेसम्म नेपालगञ्जमा १३२, बैजनाथमा १४१ र खजुरामा १८४ जनालाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको जानकारी दिए । जिल्लामा विद्यालय जाने ६ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ ।

Ncell
Extreme Energy

त्यसमध्ये पनि राप्तीसोनारी गाँउपालिकामा ७२० जना, कोहलपुर नगरपालिकामा एक हजार ७०६ जना, बैजनाथ गाउँपालिकामा ८८० जना, एक हजार १९ जना, जानकी गाँउपालिकामा ६७२ जना, नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार ४२४ जना, डुडुवा गाउँपालिकामा ४४१ जना र नरैनापुर गाँउपालिकामा ७२१ जनालाई सो खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आजदेखि र जानकी गाउँपालिकामा २७ गते सो खोप लगाइने छ ।

खासगरी कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपको लागि निर्धारण लक्षित समूह किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको छ ।

नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको बताइएको छ । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो ।  सो खोप माघ २५ गतेदेखि फागुन ४ गतेसम्म लगाइने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।