नेभिगेशन
समाज

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मंगलवार नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो ।

मंगलवार ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलवार को कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ०९, विकास बैङ्क एक दशमलव १५, वित्त शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ४८, जलविद्युत् शून्य दशमलव २५ र लगानी समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

Ncell
Extreme Energy

त्यस्तै, जीवन बीमा शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, लघुवित्त शून्य दशमलव ४९, निर्जीवन बीमा  शून्य दशमलव ६१ र अन्य समूह शून्य दशमलव ३५ प्रतिशतले घटेको छ । मंगलवारको कारोबारमा कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ३६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा मंगलवार सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ४५ करोड २८ लाख ४२ हजार ४९२ बराबरको १५ लाख ३० हजार ८८८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।