नेभिगेशन
समाज

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन एनटिएनसीद्वारा प्राविधिक टोली परिचालन

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक गर्न र नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरेको छ । एनटिएनसीले अहिले तीन जिल्लाका विभिन्न क्षेत्रमा समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्रयाक गर्न र नियन्त्रणमा लिन प्रत्यक्ष रूपमा टोली खटाएको सदस्य सचिव डा नरेश सुवेदीले जानकारी दिए ।

उनले भने, “कोषको बर्दियास्थित कार्यालयबाट खटिएका उद्धार टोली कर्णाली र लुम्बिनी प्रदेशमा छन्” । उद्धार टोली बर्दियाको बारबर्दिया र गुलरिया क्षेत्र, सल्यानको कालिमाटी र दैलेखको भैरवी गाउँपालिकामा केन्द्रीत छन् ।वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा टोलीले काम गरिरहेको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोषका प्राविधिकले २४ सै घण्टा समस्याग्रस्त वन्यजन्तुको निगरानी गरिरहेका छन् भने सल्यानमा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन तीन ठाउँमा ‘बेट’ राखिएको छ । बर्दियामा चितुवा नियन्त्रणका लागि उद्धार खोर तयारी अवस्थामा राखिएको छ । दैलेखमा बँदेलको द्वन्द्व व्यवस्थापनका लागि  प्रयास भइरहेको सदस्य सचिव डा सुवेदीले बताए ।

Ncell
Extreme Energy

केही समययता सल्यानमा बाघ र दैलेखमा बँदेलको आक्रमणबाट मानवीय क्षति र घाइते भएका घटना सार्वजनिक भएपछि यो रेस्क्यु अपरेसन सुरु भएको हो । बारबर्दियामा चितुवाले पशुचौपाया र स्थानीयमाथि आक्रमण गरेको खबर आउन थालेपछि वन मन्त्रालय र निकुञ्ज प्रशासनसँगको समन्वयमा कोषको टोली खटिरहेको छ । दुई महिनायता मात्रै प्रविधिक टोलीले टीकापुर र बलापुरबाट दुईवटा चितुवाको उद्धार र एउटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८...
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

मन्त्रालयले मङ्गलबार प्रतिवेदन दुवै निकायमा पठाउँदै आवश्यक अध्ययन, थप छानबिन तथा कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । नेपाल टेलिभिजनले सन् २००२ देखि २०२२...
एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छः प्रचण्ड

एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छः प्रचण्ड

जनकपुरधाम विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे । तीन दलबीचको समझदारी अझै...