नेभिगेशन
समाज

चलचित्र पर्यटन प्रवर्द्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

काठमाडौँ । चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

बुधबार पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हस्ताक्षर गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समझदारी पत्रअनुसार नेपालले आगामी वर्ष विसं ३०८३ को वैशाखमा आयोजना हुने कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तरराष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवद्र्धन सामग्री उत्पादन गर्ने सहमति भएको छ ।

Ncell
Extreme Energy

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले यो सहकार्यलाई लामो यात्राको सुरुवात भएको बताए । “चलचित्र छायाङ्कन भइसकेपछि ती स्थान स्वतः पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धित हुने गरेका छन्”, उनले भने, “नेपाललाई पर्यटनप्रधान देश बनाउन हामी हातेमालो गरेर अघि बढ्नेछौं ।”

त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई ‘ल्याण्ड अफ मेमोरेबल स्टोरिज्’ का रूपमा स्थापित गर्ने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए ।

उनले भने, “चलचित्र छायाङ्कनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको हामीले बुझेका छौँ, पर्यटन बोर्डले वार्षिक रूपमा ५०–६० अन्तरराष्ट्रिय फोरममा सहभागिता जनाउँदै आएको छ, यस सम्झौतापछि बोर्डले सहभागिता जनाउने प्रमुख कार्यक्रममा चलचित्र क्षेत्रसँग सहकार्य गर्न सकिन्छ” ।

समझदारीपत्रमा चलचित्रमार्फत प्रेरित यात्रा (सेट–जेटिङ) लाई प्रोत्साहन गर्ने, अन्तरराष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवद्र्धन गर्ने, नेपाललाई श्रवयदृश्य उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवद्र्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठराज पराजुलीले पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीचको यो समझदारीले नेपाललाई क्षेत्रीय तथा विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने रणनीतिक कदम भएको बताए ।

विश्वव्यापी रूपमा चलचित्र पर्यटनले गति लिइरहेको सन्दर्भमा नेपालले आफ्ना प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदालाई पर्दामार्फत विश्वसामु प्रस्तुत गर्दै पर्यटन आगमन वृद्धि गर्ने लक्ष्य लिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै जाने देखिएपछि कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भर्खरै