नेभिगेशन
समाज

नेप्से परिसूचकमा शून्य दशमलव ०४ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । बुधवार नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।

बुधवार ३२९ कम्पनीको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधवारको कारोबारमा बैंकिङ शून्य दशमलव १०, विकास बैंक शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव ४७, लगानी शून्य दशमलव ०७ र निर्जीवन बिमा समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

Ncell
Extreme Energy

वित्त समूह शून्य दशमलव २५, होटल तथा पर्यटन शून्य दशमलव ६३, जीवन बिमा शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ३६, व्यापार शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव २४ प्रतिशतले घटेको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको शेयर मूल्य घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने यथावत देखिएको छ ।

रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ६७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य छ दशमलव ३९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिदी पावर कम्पनी लिमिटेडको रु ६५ करोड ४७ लाख ६६ हजार ५७२ बराबरको २० लाख ३० हजार ९४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...