नेभिगेशन
समाज

निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छपाइ हुँदैं, बिहीबारदेखि वितरण गरिने

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमालाई बुधवार जानकारी दिँदै प्रतक्ष्यतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बुधवार बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले दैनिक १३ लाख मतपत्र छपाइ भइरहेकामा अहिले मतपत्र छपाइ वृद्धि गरि दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको र शुक्रबारसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।

Ncell
Extreme Energy

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक पौडेलले भने, “प्रतक्ष्यतर्फको मतपत्र छपाइ कार्य तिव्रगतिमा भइरहेको छ, ५० लाख मतपत्र छपाइ बाँकी छ, शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ढिलोमा शनिबारसम्म मतपत्र छपाइ सकिन्छ ।”

उम्मेदवार धेरै भएको जिल्लामा ठूलो आकार र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा केही समय छपाइ सम्पन्न हुन ढिलाइ भएको केन्द्रको भनाइ छ । केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरि प्याकिङ सम्पन्न गरी केन्द्रले प्रतक्ष्यतर्फको मतपत्र छपाइ सुरु गरेको थियो ।

उनले बिहीबारदेखि छपाइ भएको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने भएको छ । केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले भोलि (बिहीबार)देखि दुर्गम क्षेत्रमा मतपत्र वितरण गरिने जानकारी दिँदै उनले फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्‍याइसक्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै जाने देखिएपछि कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भर्खरै