नेभिगेशन
समाज

चितवनमा सडक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

चितवन । भरतपुर महानगरपालिका–१५ मा बिहीबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार टुरेचोकबाट शीतलचोकतर्फ आइरहेका मिनीट्रकले रामपुरबाट भरतपुरतर्फ  गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जाका २६ वर्षीय सुरज थापाको मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोटरसाइकलमा सवार स्याङ्जाको हरिनास गाउँपालिका–४ की २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएकी छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी जारी छ । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

निर्वाचन आयोगले आसन्न निर्वाचनबारे छलफल गर्न विभिन्न राजनीतिक दललाई मङ्सिर ४ गते बोलाएको छ। आयोगले पठाएको पत्रमा आसन्न निर्वाचनबारे छलफल गर्ने भनिए पनि स्थानीय तह वा प्रदेशसभा कुन...
सरकार प्रतिशोध र स्वेच्छाचारी शैलीमा अघि बढ्यो : एमाले महासचिव पोखरेल

सरकार प्रतिशोध र स्वेच्छाचारी शैलीमा अघि बढ्यो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाएका छन्। उनले सरकार प्रतिशोधात्मक र स्वेच्छाचारी शैलीमा प्रस्तुत भएको तथा राज्यका...
एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने

एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने

नेकपा (एमाले)ले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जना...
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...