नेभिगेशन
समाज

रास्वपा उम्मेदवार महताले भेटे बैतडी बस दुर्घटनाका घाइते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव तथा कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार ज्ञानेन्द्र सिंह महताले बैतडी बस दुर्घटनामा परी घाइतेहरूलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

बिहीबार उनले कैलालीको धनगढीस्थित निःसर्ग अस्पतालमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्नुको साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन । महताले अस्पतालमा उपचाररत घाइतेहरूलाई प्रत्यक्ष भेटेर शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै घाइतेका आफन्तलाई धैर्य र संयतता अपनाउन आग्रह समेत गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, उनले अस्पताल प्रशासन तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तीर्थराज पन्तलाई भेटेर घाइतेहरूको उपचार अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न गरिएको आग्रहमा अस्पतालका अध्यक्ष तिर्थराज पन्तले आफुले उपचारमा कुनै कसर बाकि नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन ।

Ncell
Extreme Energy

माघ २२ गते बेलुका करिब ७ः४५ बजे बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडुगाडमा जन्ती बोकेको बस दुर्घटना भएको थियो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र बाँकी ७ जनाको उपचारको क्रममा गरी १३ जनाको मृत्यु भएको थियो ।

उक्त घटनाका २७ जना निःसर्ग अस्पतालमा भर्ना गरिएकोमा ४ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी २३ जनाको उपचार चलिरहेको अस्पतालले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...