नेभिगेशन
समाज

रास्वपा उम्मेदवार महताले भेटे बैतडी बस दुर्घटनाका घाइते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव तथा कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार ज्ञानेन्द्र सिंह महताले बैतडी बस दुर्घटनामा परी घाइतेहरूलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

बिहीबार उनले कैलालीको धनगढीस्थित निःसर्ग अस्पतालमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्नुको साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन । महताले अस्पतालमा उपचाररत घाइतेहरूलाई प्रत्यक्ष भेटेर शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै घाइतेका आफन्तलाई धैर्य र संयतता अपनाउन आग्रह समेत गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, उनले अस्पताल प्रशासन तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तीर्थराज पन्तलाई भेटेर घाइतेहरूको उपचार अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न गरिएको आग्रहमा अस्पतालका अध्यक्ष तिर्थराज पन्तले आफुले उपचारमा कुनै कसर बाकि नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन ।

Ncell
Extreme Energy

माघ २२ गते बेलुका करिब ७ः४५ बजे बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडुगाडमा जन्ती बोकेको बस दुर्घटना भएको थियो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र बाँकी ७ जनाको उपचारको क्रममा गरी १३ जनाको मृत्यु भएको थियो ।

उक्त घटनाका २७ जना निःसर्ग अस्पतालमा भर्ना गरिएकोमा ४ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी २३ जनाको उपचार चलिरहेको अस्पतालले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध जनआन्दोलनमा जाऔँ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतमा विचाराधीन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउँदै बालेन सरकारविरुद्ध सशक्त जनआन्दोलनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

सम्भावित विपद्‌बाट जोगिन रास्वपाले जारी गर्‍यो पाँच बुँदे अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भावित विपदबाट जोगिन पाँच बुँदे अपिल जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले ल्यायो १ हजारको नयाँ नोट, के-के छन् विशेषता?

नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

भर्खरै